२०८० चैत्र १५ , बिहिवार

दरम खोला हाइड्रोले आईपीओ जारी गर्ने, बिक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल

सुनाखरी न्युज/ काठमाडौं । दरम खोला हाइड्रो इनर्जी लिमिटेडले आईपीओ जारी गर्ने भएको छ। कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल ३९ लाख ५० हजार कित्ता आईपीओ जारी गर्नेछ।

कम्पनीले यो आईपीओ स्थानीय र सर्वसाधारणका लागि जारी गर्नेछ। दरम खोला हाइड्रोको आईपीओ बिक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल मार्केट लिमिटेड नियुक्ति छ। बिक्री प्रबन्ध नियुक्तिसम्बन्धी सम्झौतामा लक्ष्मी क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत राजीव सापकोटा र दरम खोला हाइड्रोका तर्फबाट अध्यक्ष नरबहादुर पुनले हस्ताक्षर गरेका छन्।

 

दरम खोला हाइड्रो इनर्जीको बागलुङको गलकोट नगरपालिका वडा नं. ११ मा ९.६ मेगावाट क्षमताको जलबिद्युत आयोजना निर्माणाधीन रहेको छ। यो जलविद्युत आयोजनाको लगभग ८० प्रतिशत कार्य सम्पन्न भइसकेको कम्पनीले जनाएको छ।