२०८१ बैशाख १४ , शुक्रवार

नेपालकी पुष्पा भण्डारीले ढाका म्याराथनमा जितिन् स्वर्ण पदक

सुनाखरी न्युज/ काठमाडौं । नेपालकी पुष्पा भण्डारीले बंगबन्धु शेख मुजिब ढाका म्याराथनमा स्वर्ण पदक जितेकी छिन् । बंगलादेशको ढाकामा भएको म्याराथन अन्तर्गत साफ एलिटको महिलातर्फ पुष्पाले स्वर्ण पदक जितेकी हुन् ।

 

पुष्पाले ४२ दशमलब १९५ किलोमिटर निर्धारित दुरी २ घन्टा ४८ मिनेट २ सेकेन्डमा पूरा गरेर उपाधि जितेकी हुन् । श्रीलंकाकी सुजनी परेरा पुष्पा भन्दा २० सेकेन्डले पछि रहदै दोस्रो बनिन् । नेपालकी वृन्दा श्रेष्ठ धानुके तेस्रो भएकी छिन् । वृन्दाले २ घण्टा ५२ मिनेट २२ सेकेन्डमा दूरी पूरा गरेकी हुन् । पुष्पाले यस प्रतियोगितामा दोस्रो पटक स्वर्ण पटक जितेकी हुन् । पुष्पाले यस अघि २०२१ मा स्वर्ण पदक जितेकी थिइन् ।

 

यस्तै उनले २०२२ मा भने पुप्षाले कास्य पदक जितेकी थिइन् । पुरुषतर्फको हाफ म्याराथनमा नेपालका गोपीचन्द्र पार्कीले कास्य पदक जितेका छन् । प्रतियोगितामा नेपालका १० खेलाडी सहभागी थिए ।