२०८२ फाल्गुन ३० , शनिवार

उप-सभामुखमा इन्दिराकाे उम्मेदवारी दर्ता

सुनाखरी न्युज/ काठमाडौं । उपसभामुखका लागि सत्ता गठबन्धनको साझा उम्मेदवारका रूपमा इन्दिरा रानामगरले उम्मेदवारी दर्ता गराउनुभएको छ ।

 

सत्ता साझेदार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) रास्वपाकी सांसद समेत रहनुभएकी रानामगरले आज दिउँसो संघीय संसद सचिवालयमा उम्मेदवारी दर्ता गराउनुभएको हो । आजै बिहान बसेको रास्वपाको संसदीय दलको बैठकले उहाँलाई उपसभामुखको उम्मेदवार बनाउने निर्णय गरेको थियो । सत्ता साझेदार दलहरुबीच भएको भागबण्डाका आधारमा उपसभामुख पद रास्वपाले पाउने भएको हो ।

 

उम्मेदवारी दर्ताका क्रममा रानामगरलाई रास्वपाकै सांसद सोबिता गौतमले प्रस्ताव गर्नुभयो भने नेकपा एमालेका सांसद कृष्णगोपाल श्रेष्ठ, नेकपा माओवादी केन्द्रकी सांसद नारायणी शर्मा र राप्रपाका अध्यक्ष एवं उपप्रधानमनत्री राजेन्द्र लिङ्देनले समर्थन गर्नुभएको छ । उभसभामुखका लागि भोलि शनिबार निर्वाचन हुँदै छ ।