२०८१ जेठ ८ , मंगलबार

तोलामा सात सयले बढ्यो सुन

सुनाखरी न्युज/ काठमाडौं । साताको अन्तिम कारोबार दिन शुक्रबार सुनको भाउ फेरि उकालो लागेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ७०० रुपैयाँले बढेको हो।

यो सँगै प्रतितोला फाइन गोल्ड १ लाख ५ हजार २०० रुपैयाँ र तेजाबी गोल्ड १ लाख ४ हजार ७०० रुपैयाँ कायम भएको छ। हिजो सुनको भाउ स्थिर रहेको थियो। यो दिन प्रतितोला फाइन गोल्ड १ लाख ४ हजार ५०० रुपैयाँ र तेजाबी गोल्ड १ लाख ४ हजार रुपैयाँमा कारोबार भएको थियो।

 

आज चाँदीको भाउ तोलामा २० रुपैयाँले बढेर १ हजार ३७५ रुपैयाँ कायम भएको छ। हिजो तोलामा २० रुपैयाँले घटेर चाँदी १ हजार ३५५ रुपैयाँमा किनबेच भएको थियो।