२०८१ जेठ ५ , शनिवार

शेयर बजारमा सामान्य सुधार

सुनाखरी न्युज/ काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) बिहिबार सामान्य अंकले बढेको छ । आज नेप्से ५.७१ अंकले बढेर दुई हजार एक सय ७८ दशमलब ८१ विन्दुमा बन्द भएको हो ।

 

त्यस्तै, आज तीन अर्ब चार करोड ४५ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । आज कारोबार भएका कम्पनीमध्ये ८५ वटा कम्पनीको शेयरमूल्य बढेको छ भने १०८ वटा कम्पनीको शेयरमूल्य घटेको छ । १४ वटा कम्पनीको शेयरमूल्य स्थिर रहेको छ । नेप्सेका अनुसार दुई कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । आज आदर्श लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता ८४८.२० रुपैयाँ पुगेको छ भने मैलुङ खोला जलविद्युत कम्पनीको शेयरमूल्य ९.५४ प्रतिशतले बढेर प्रतिकित्ता ४९८.४० रुपैयाँ पुगेको छ ।

 

आज कुमारी धनवृद्धि योजनाको शेयरमूल्यमा सबैभन्दा बढी गिरावट भएको छ । यसको शेयरमूल्य ८ प्रतिशत भन्दा बढीले घटेको छ । त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी एनआइसी एसिया बैंकका भएको छ । यसको आज १८ करोड ४ लाखभन्दा बढीको कारोबार भएको छ ।