२०८१ जेठ ५ , शनिवार

शेयर बजारमा ९ अंकको गिरावट

Share Down

सुनाखरी न्युज/ काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) यस साताको कारोबारको दोस्रो दिन आज बुधबार सामान्य अंकले घटेकोे छ । आज नेप्से ९.०१ अंकले घटेर दुई हजार एक सय ७३ दशमलब १० विन्दुमा बन्द भएको हो ।

 

मंगलबार नेप्से ३२.७२ अंकले बढेर दुई हजार एक सय ८२ दशमलब ११ विन्दुमा बन्द भएको थियो । त्यस्तै, आज शेयर बजार घटेपनि कारोबार रकममा भने वृद्धि भएको छ । आज चार अर्ब ९२ करोड ८७ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । तीन अर्ब ७२ करोड ४७ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । आज कारोबार भएका कम्पनीमध्ये ८० वटा कम्पनीको शेयरमूल्य बढेको छ भने १२१ वटा कम्पनीको शेयरमूल्य घटेको छ । ६ वटा कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।

 

नेप्सेका अनुसार पाँच कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । जसमा पिपुल्स हाइड्रोपावर कम्पनी, बाराही हाइड्रो, हिमालय उर्जा विकास कम्पनी, ग्रिन भेञ्चर लिमिटेड र नेशनल हाइड्रोपावर कम्पनी रहेका छन् । आज साल्ट ट्रेडिङ कर्पोरेशनको शेयरमूल्यमा सबैभन्दा बढी गिरावट भएको छ । यसको शेयरमूल्य ७ प्रतिशत भन्दा बढीले घटेको छ । त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी रिडी पावर कम्पनीको भएको छ । यसको आज ३५ करोड ७८ लाखभन्दा बढीको कारोबार भएको छ ।