२०८२ फाल्गुन २९ , शुक्रवार

सभामुखमा घिमिरेको उम्मेदवारी दर्ता

सुनाखरी न्युज/ काठमाडौं । सत्ता गठबन्धनको तर्फबाट एमाले स्थायी कमिटी सदस्य देवराज घिमिरेले सभामुखमा उम्मेदवारी दर्ता गर्नुभएको छ ।

 

घिमिरेले संघीय संसद सचिवालयमा उम्मेदवारी दर्ता गर्नुभएको हो ।

घिमिरेको प्रस्तावक एमाले नेता सुवासचन्द्र नेम्वाङ र समर्थकमा माओवादी केन्द्रका नेता हितराज पाण्डे, राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने र राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन रहनुभएको छ ।