२०८१ बैशाख १२ , बुधवार

एक वर्षमै माइपे डिजिटल वालेटको ५ लाख प्लस डाउनलोड

सुनाखरी न्युज/ काठमाडौं । स्थापनाको पहिलो वर्षमै माइपे डिजिटल वालेटले प्लेस्टोरमा ५ लाखभन्दा बढी डाउनलोड पु¥याउन सफलभएको छ । सोहि अवसरमामाइपे वालेटले मिति २०७९ माघ ३ र ४गते बेलुका४ बजेदेखि राती १२ बजेसम्म ५ प्रतिशत बढीमा रु १०० सम्मक्यासब्याकअफर दिने बताएको छ ।

 

स्थापनाभई कार्य संचालन गरेको पहिलो वर्षमै माइपे डिजिटल वालेटले यो सफलताहातपारेको हो ।माइपेमाप्लेस्टोर, एप स्टोर र वेव साइट समेत गरी हालसम्म ८ लाखभन्दा बढीग्राहक संख्यापुगिसकेका छन् । यो सफलताले निकै उत्साहितभएको माइपे का प्रमुखकार्यकारी अधिकृत मनोज कुमार मेहताले बताए ।‘युवा ग्राहक महानुभावहरुको पहिलो रोजाइको वालेट भएकालेनै यो सफलताहातापारेका हौं,’उनले भने ।

 

डिजिटल कारोबारको परिभाषा नै परिवर्तन गर्ने लक्ष्यका साथ सेवा संचालनमाल्याएको यस वालेट मार्फत ग्राहकमहानुभावहरुले हवाई टिकट बुकिङ,मोबाइल टपअप सँगै विभिन्न घरायसीबिलभुक्तानी गर्न सकिने सुविधाहरु दिँदै आएको छ ।जसमा हरेक कारोबारमाआकर्षक क्यासब्याकतथाअन्य सुविधाहरु रहेका छन् । साथै यस वालेटबाटकुनै पनि कारोबार गर्दा माइपे क्वाइनप्राप्त गर्न सकिन्छजसको मूल्य १ क्वाइन बराबर रु १ नै हुन्छ ।उक्तक्वाइनहरेक कारोबारमाप्रयोग गर्न सकिन्छ । यसका साथै कुनै पनि बैंकखातामामात्र १ रुपैयाँमा रकम पठाउन सकिने सुविधापनि रहेको छ ।

 

ग्राहकमहानुभावहरुको आवश्यकतालाई मध्यनजर गर्दै अन्यविभिन्न सेवाहरु थपगर्दै लगिने कम्पनीले जनाएको छ । माइपे हालैमात्रफोनपे नेटवर्कमा जोडिएको थियो ।