२०८१ बैशाख २३ , आइतवार

हजार भन्दा बढी महिला व्यवसायीहरुलाई कोका–कोलाको सक्षम तालिम

सुनाखरी न्युज/ काठमाडौं । कोका–कोलाले आफ्नो सक्षमता लिम कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ । खुद्रा व्यवसाय तथा साना रेस्टुरेन्टहरु सञ्चालन गर्ने महिला व्यवसायीहरुको सीप विकास गर्न तथा सशक्तिकरण गर्ने उद्धेश्यले सञ्चालन गरिएको यस कार्यक्रममा १००० भन्दा बढी जना महिलाहरुलाई तालिम प्रदान गर्न सफल भएको थियो ।

 

गत८ मार्च २०२२ गते अन्तरराष्ट्रिय नारी दिवसको अवसर पारेर कोका–कोलाले आफ्नो बोट्िलङ पार्ट्नर बोट्लर्स नेपालसँगमिलेर सक्षमकार्यक्रमको शुरुवात गरेको थियो। खुद्राव्यवसाय र साना रेस्टुरेन्टहरु सञ्चालन गर्ने महिलाहरुलाई वित्तीय साक्षरता, हस्पिटालिटी, स्यानिटेसन म्यानेजमेन्ट र डिजिटल वालेटको प्रयोग सम्बन्धिता लिमदिनको लागि उक्तकार्यक्रम सञ्चालनगरिएको थियो । प्रदेश १, २, ३ र ४ का मुख्य सहरहरुमा एक–एक दिन गरी यो कार्यक्रम सञ्चालनगरिएको थियो । उक्त कार्यक्रमका एक सहभागी सौरहाकीगीताश्रेष्ठले भन्नुभयो,“महिलायुवाव्यवसायीहरुको लागि सक्षमतालिमकार्यक्रमअत्यन्तै उत्साहजनकरहेको थियो । मैले आजभन्दा ४४ वर्ष अगाडि जम्मा १६० रुपैँयामाआफ्नो व्यापार शुरु गरेको थिँए । मेरो कडा परिश्रमले मैले आफ्नो सपना पुरा गर्न सक्षमभएको छु । अहिले मेरो २ वटा घर र एउटा पसल छ र एकलमहिलाको रुपमाआफ्नो परिवारलाई सहयोग गर्न सकेको छु ।”

त्यस्तै नारायणघाटकीश्री माया पाण्डेज्युले भन्नुभयो, “सक्षमकार्यक्रमले हामीलाई आर्थिक रुपमा सशक्तहुनचाहिने सिपहरु सिकाउनुको साथ साथै हाम्रो सन्जालविस्तार गर्ने अवसर पनिदिएको छ । सक्षम जस्तो सिपबिकास गर्ने कार्यक्रमले हामीलाई अझै राम्रोसँग व्यवसा सन्चालन गर्न हौसलादिएको छ।” कोका–कोला नेपालका कन्ट्री डिरेक्टर श्री आदर्श अवस्थीज्युलेभन्नुभयो “कोका–कोला बेटर शेयर्ड फुचरमाविश्वास गर्छ र महिला सशक्तीकरण जहिले पनिहाम्रो मुलमान्यताको रुपमा रहेको छ। हामीले सक्षमतालिमकार्यक्रम २०२२ मा शुरु गरेका थियौँ जसमाहामीले अनुभवी र दक्षप्रशिक्षकहरुसँग मिलेर महिलाव्यवसायीहरुलाई व्यावसायीकतालिम, मेन्टोरिङ्ग नेट्वर्क, आर्थिक सेवातथाअन्यविभिन्नतालिमहरु दिएकाथियौँ जसले गर्दा वहाँहरुलाई आफ्नो जीवनस्तर उकास्न, परिवारलाई सहयोग गर्न र समुदायमापनि सकरात्मक परिवर्तन ल्याउन सक्षमबनाएको छ । हामीले एक हजार महिलाव्यवसायीहरुलाई तालिमदिने लक्ष्यलिएकाथियौँ र सो लक्ष्य पुरा पनिभएको छ । हामी धेरै खुशी छौँ र भविष्यमापनिअझै धेरै महिलाहरुलाई सशक्तिकरण गर्दै जानेछौँ ।”

त्यस्तै बोट्लर्स नेपालकापब्लिकअफेयर, कम्युनिकेसन र सस्टेनिबिलिटी डिरेक्टर श्री स्नेह राजभण्डारी ज्युले भन्नुभयो, “नेपालमामहिलाउद्यमशीलता एक कदम अगाडि बढेको छ । काठमाडौंउपत्यकाबाहिर विशेष गरी धेरै खुद्रापसलहरु र रेस्टुरेन्टहरु छन जुनमहिलाले चलाउँछन् ।त्यस्तामहिलाहरुलाई आइपर्न सक्ने चुनौतीको सामना गर्न सक्षमबनाउने उद्धेश्यले कोका–कोलाले सक्षम जस्ता तालिमकार्यक्रमहरु सञ्चालनगर्दै आइरहेको छ जसले महिलाहरुलाई आफ्नो व्यापार अगाडि बढाउन हौसला दिन्छ । आफ्नो व्यवसायलाई कसरी विस्तार गर्न सकिन्छ भन्ने बारेमापनि सक्षमले महिलाव्यवसायीहरुलाई नयाँँतरिकाले सोच्न सिकाउँछ ।”

 

कोका–कोलाले विविधता, समानता र समावेशितालाई आफ्नो मुलमान्यतामा राखेको छ र यिनीहरुले कम्पनीको वृद्धि र सफलतामा महत्वपूर्ण भूमिकानिर्वाह गर्दछन । यी कुराहरु कम्पनीले बेला–बेलामा सञ्चालन गर्ने महिला सशक्तिकरण सम्बन्धितालिमहरुमा पनि प्रतिविम्बित हुन्छन् । सन् २०१० मा कोका–कोलाले विश्वव्यापी रुपमाफाइभबाइ ट्वेन्टि (५बाई २० ) सञ्चालन गरेको थियो जसअन्तर्गत कम्पनीले सन् २०२० सम्म ५ मिलियन(पचास् लाख ) महिलाहरुलाई आर्थिक रुपमा सक्षमबनाउने लक्ष्यलिएको थियो । त्यस्तै नेपालमापनिगत ६ वर्ष देखि स्टार(शपकिपर ट्रेनिङ रिसोर्सेस) सञ्चालनगर्दै आइरहेको छ जसअन्तर्गत ५,८०० जनाखुद्राव्यवसाय सञ्चालन गर्ने महिलाहरुलाई तालिमदिइसकेको छ ।

 

नेपाल सरकारको पन्ध्रौँ राष्ट्रिय योजना (२०७६÷७७–२०८०÷८१) अनुरुपमहिलाहरुको समान र अर्थपूर्ण सहभागिताको माध्यमबाट पूर्ण लैंगिक समानताहासिल गर्ने उद्धेश्यलाई पनि यो पहलले सघाउ पु¥याउने कम्पनीले विश्वास लिएको छ ।