२०८१ बैशाख १५ , शनिवार

प्रधमामन्त्री दाहालद्वारा मन्त्रिपरिषद् विस्तार, को को भए मन्त्री ?

सुनाखरी न्युज/ काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मंगलबार मन्त्रिपरिषद् विस्तार गर्नु भएको छ ।

सत्ता गठबन्धनमा रहेका दलहरुबीच मन्त्रालयको भागवण्डा टुंगो लागेपछि दाहालले मन्त्रिपरिषद् विस्तार गर्नुभएको हो । गत पुस १० गते नेकपा एमाले, नेकपा माओवादी केन्द्र,राप्रपा,रास्वपा,जसपा,नागरिक उन्मुक्ति र जनमत पार्टीको समर्थनमा दाहाल प्रधानमन्त्रीमा नियुक्त हुनु भएको थियो ।

पुस ११ गते राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनियताको सपथ लिनु भएका दाहालले ८ सदस्यीय मन्त्रिपरिषद् गठन गर्नु भएको थियो । संसदबाट विश्वासको मत लिए लगत्तै मन्त्रिपरिषद विस्तार गर्ने बताउँदै आउनु भएका प्रधानमन्त्री दाहालले गत पुस २६ गते संवैधानिक व्यवस्था अनुसार प्रतिनिधि सभाबाट विश्वासको मत लिनु भएको थियो । जसमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले समेत दाहाललाई विश्वासको मत दिएको थियो । सत्ता गठबन्धनमा रहेका ददहरुबीच मन्त्रालयको भागवण्डा नमिल्दा मन्त्रिपरिषद विस्तारमा ढिलाई भएको थियो ।

पुस ११ गते मन्त्रिपरिषद् गठन गर्दा विष्णु पौडेल,नारायण काजी श्रेष्ठ र रवि लामिछाने बाहेकको मन्त्रालय तोकिएको थिएन । मंगलबार थपिएका मन्त्रीहरुमा एमालेबाट ४ जना मन्त्री छन् । त्यसैगरी माओवादीबाट ३ जना मन्त्री र १ जना राज्यमन्त्री छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीबाट ३ जना मन्त्री र १ जना राज्यमन्त्री भएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीबाट २ जना मन्त्री र १ जना राज्यमन्त्री थपिएका छन् ।

मन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ – प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय
विष्णु पौडेल – उपप्रधान तथा अर्थमन्त्री
नारायणकाजी श्रेष्ठ – उपप्रधान तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्री
रबि लामिछाने- उपप्रधान तथा गृहमन्त्री
राजेन्द्र लिङ्देन – उपप्रधान तथा ऊर्जामन्त्री
रेखा शर्मा – सञ्चार, सूचना प्रविधिमन्त्री
अमनलाल मोदी – संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री
सुदन किराँती – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री
दामोदर भण्डारी – उद्योगमन्त्री
राजेन्द्र कुमार राई – भूमि व्यवस्था सहकारीमन्त्री
ज्वाला कुमारी साह – कृषिमन्त्री
डा. विमला राई पौडेल – परराष्ट्रमन्त्री
पदम गिरी – स्वास्थ्य मन्त्री
हरि उप्रेती -रक्षा मन्त्री
भगवती चौधरी – महिला तथा बालबालिकामन्त्री
शिशिर खनाल – शिक्षामन्त्री
डिपी अर्याल -श्रम तथा रोजगारमन्त्री
विक्रम पाण्डे – शहरी विकासमन्त्री
ध्रुव प्रधान – कानूनमन्त्री
अब्दुल खान – विना विभागीय
तोसिमा कार्की – स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री
दीपक सिंह – उर्जा राज्यमन्त्री
सुशीला श्रीपाली – संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री