२०८१ बैशाख १४ , शुक्रवार

वान डे सिरिजको खेल तालिका सार्वजनिक

सुनाखरी न्युज/ काठमाडौं । आइसीसी पुरुष क्रिकेट विश्वकप लिग टु अन्तर्गत नेपालले नामिबिया र स्कटल्यान्डसँग खेल्ने वान डे सिरिजको खेल तालिका आइतबार सर्वाजनिक गरिएको छ ।

 

नेपाल क्रिकेट संघ (क्यान) का अनुसार सिरिज टीयू क्रिकेट मैदानमा फेब्रुअरी १४ देखि २१ सम्म हुने छ । खेल तालिका अनुसार नेपालले फेब्रुअरी १४ र १८ मा नामिबिया तथा फेब्रुअरी १७ र २१ मा स्कटल्यान्डसँग खेल्नेछ ।

 

यसैगरी स्कटल्यान्ड र नामिबियाले फेब्रुअरी १५ र २० मा प्रतिस्पर्धा गर्नेछन् ।