२०८१ बैशाख २३ , आइतवार

मर्चेण्ट बैंकिङ्ग सेवाको ३० वर्षे पूरा गरेको अवसरमा सनराइज क्यापिटलको बिषेश छुट योजना

सुनाखरी न्युज/ काठमाडौं । नेपालको मर्चेण्ट बैंकिङ्ग सेवा प्रदान बि. सं. २०४९ माघ १ गतेका दिन एनआईडिसि क्यापिटल मार्केट्सको नामबाट संचालनमा आएकोमा बि. सं २०६७ मा एनआईडिसि क्यापिटल मार्केट्सको सहायक कम्पनीका रुपमा एनसिएम मर्चेण्ट बैकिङ्गको नाममा दर्ता कायम भई मर्चेण्ट बैंकिङ्ग कारोवारलाई निरन्तरता दिंदै आईरहेको छ ।

सनराइज बैंकले प्राप्ति गरेपश्चात बि. सं २०६७ मा एन.आई. डि. सि. क्यापिटल मार्केट्स लिमिटेडको सहायक कम्पनी एन. सि. एम. मर्चेण्ट बैकिङ्ग सनराइज क्यापिटलमा रुपान्तरण भएको हो। ३० वर्ष पूरा गरेको उपलक्ष्यमा ल्याइएका छुट योजनाहरु २०७९ साल माघ १ गतेदेखि लागु हुने क्यापिटलले जनाएको छ।

 

निःशुल्क डिम्याट खाता ३० दिनका लागि
निःशुल्क मेरो शेयर खाता ३० दिनका लागि लगानी व्यवस्थापन सेवाको शुल्कमा तीन वर्षका लागि ३० प्रतिशत छुट
३० लाख र सो माथिको लगानी व्यवस्थापनका लागि ३० दिनका लागि निःशुल्क
Custodial service को प्रशासनिक शुल्कमा ३० दिनका लागि ३० प्रतिशत छुट
पहिलो ३० जना ग्राहकहरुलाई निःशुल्क Custodial service रPortfolio counseling
संस्थागत परामर्श शुल्कमा ३० दिनका लागि ३० प्रतिशत छुट
सनराइज क्यापिटलले हाल दुई वटा म्युचुअल फण्ड “सनराईज फस्र्ट म्युचुअल फण्ड” र “सनराइज ब्लूचिप फण्ड” को व्यवस्थापन गर्दै आईरहेको छ भने नयाँ म्युचुअल फण्ड “सनराईज फोकष्ड ईक्विटी फण्ड” निष्काशनको क्रममा रहेको छ।

 

हाल कम्पनीले मर्चेण्ट बैंकिङ्ग कारोवार अन्तर्गत नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त गरी शेयर निष्काशन तथा विक्रि प्रबन्धक, कोष व्यवस्थापक, शेयर रजिष्ट्रार, शेयर प्रत्याभूती, निक्षेप सदस्य, लगानी व्यवस्थापन, लगानी परार्मश सेवाको कार्य गर्दै आईरहेको छ ।