२०८० चैत्र १६ , शुक्रवार

प्राइम, गुराँस र यूनियन लाइफ मर्जर पश्चात् हिमालयन लाइफ बन्ने

सुनाखरी न्युज/ काठमाडौं । प्राइम लाइफ, गुराँस लाइफ र यूनियन लाइफ इन्याेरेन्सले मर्जर सम्बन्धि अन्तिम सम्झौता गरेका छन् । शनिबार तीन कम्पनीबीच मर्जर सम्बन्धि अन्तिम सम्झौता भएकाे हाे।

 

मर्जर पश्चात् कम्पनीको नाम ‘हिमालयन लाइफ इन्स्योरन्स लिमिटेड’ हुनेछ । हाल युनियन लाइफका सीईओ मनोजलाल कर्ण मर्जर पछि बन्ने कम्पनीको प्रमुख कार्यकारी अधिकृत हुनेछन् । यस्तै गुराँस लाइफका सीइओ विपिन लाल कर्ण र प्राइम लाइफका निर्मल दाहाल भने नायब प्रमुख कार्यकारी अधिकृत हुनेछ ।

 

मर्जरमा जाने सम्झौता गरेका प्राइम लाइफको चुक्ता पूँजी दुई अर्ब ७७ करोड, गुराँस लाइफको दुई अर्ब ८ करोड र युनियन लाइफको दुई अर्ब १५ करोड रूपैयाँ रहेकाे छ। तीन कम्पनीबीच एक आपसमा एक बराबर एक अनुपातमा गाभिए पश्चात चुक्ता पुँजी सात अर्ब रुपैयाँ नाघ्ने छ । यी कम्पनीहरुले गत वैशाख २९ गते मर्जरमा जाने प्रारिम्भक सहमति गरेका थिए ।