२०८३ श्रावण १७ , आइतवार

विमान दुर्घटनाप्रति पूर्वराजा ज्ञानेन्द्र शाहद्वारा दुःख व्यक्त

सुनाखरी न्युज/ काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले पोखरामा आज भएको विमान दुर्घटनाप्रति दुःख व्यक्त गर्नुभएको छ ।

 

काठमाडौँबाट पोखराका लागि उडेको यती एयरलाइन्सको एटीआर–७२ जहाज पोखरामा आज बिहान दुर्घटनाग्रस्त भएको थियो । पूर्वराजा शाहले दुर्घटनाबाट भएको क्षतिको गहिरो दुःख व्यक्त गर्नु भएको छ । विमान दुर्घटनामा ६८ जना यात्रु र चार जना चालक दलका सदस्य थिए ।

 

विमान पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नुअघि सेती नदी किनारमा दुर्घटना भएको थियो ।

May be an image of text that says 'विज्ञप्ती मिति २०७९/१०/०१ १०/०१ श्री महाराजधिराज ज्ञानेन्द्र वीर विक्रम शाहदेववाट आज पोखराको सेती खोंचमा भएको यती एयरलाइन्सको विमान दर्घटनाबाट भएको क्षतिप्रति गहिरो दुख व्यक्त गरिवक्सेको छ| साथ वीमान दुर्घटनमा परी जीवन गुमाउनेहरुका परिवारप्रति समवेदना व्यक्त गरिवक्सेको छ सम्वाद सचिवालय निर्मुल निवास'