२०८१ बैशाख १३ , बिहिवार

नियमित अदुवा सेवनले हुन्छ फाइदै फाइदा

सुनाखरी न्युज/ काठमाडौं । अदुवा नेपाली भान्सामा नियमित मसला हो। यद्यपि कतिपयले यसको प्रयोग गरेको पाइँदैन। यसको नियमित सेवनले स्वास्थ्यमा धेरै फाइदा पुर्‍याउने विज्ञहरू बताउँछन्।

 

अदुवामा भिटामिन तथा मिनरल्स लगायत विभिन्न तत्व प्रशस्त मात्रामा पाइने हुनाले यसको औषधीय विशेषता रहेको छ। आयुर्वेदमा यसको प्रयोगको इतिहास लामो रहेको छ। अदुवाको नियमित सेवनले वाकवाकी तथा बान्ता हुने समस्याबाट बचाउँछ। यसले जोर्नीहरू सुन्निने समस्यालाई पनि कम गर्छ। यति मात्र नभएर यसको क्यान्सर तथा मुटुरोगविरुद्ध पनि औषधीय गुण रहेको छ साथै मस्तिष्कको कार्यमा पनि यसले बुस्टरको काम गर्छ।

 

अदुवाको सेवनले शरीर सुन्निएमा चाँडो सुकाउने, अपच हुने समस्या हटाउँछ, बिहान लाग्ने वाकवाकी हटाउँछ, मांशपेसीको दुखाई कम हुन्छ, महिनावारीको दुखाई कम गर्छ, कोलेस्टेरोललाई सन्तुलन गर्न मद्दत गर्छ, प्रतिरोधात्मक क्षमता बढाउने काम गर्छ।