सुनाखरी न्युज/ पोखरा । महिला सहजिकरण समिति पोखरा महानगरपालिका वडा नं १को आयोजनामा वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ।
त्यस वडाका विभिन्न आमा समुहमा आवद्ध ११ जना महिला विच भएको प्रतियोगितामा विस्नुमाया लामिछाने प्रथम, हरिचोक आमा समुहकी हरिमाया आचार्य द्वितीय, अभियान महिला समुहकी सरस्वती रिमाल तृतीय र कामना जागरण आमा समुहकी उमा पोख्रेल सान्त्वना भएको समितिका सचिव लक्ष्मी पौडेलले जानकारी दिनुभयो। विजयी प्रतियोगिलाई कार्यक्रमका प्रमुख अतिथी पोखरा महानगरपालिका वडा नं १ का वडाध्यक्ष साहारा प्रधान, समितिका अध्यक्ष विष्णु कुमारी आचार्य, वडा सदस्य शोभा गुरुङ, जुमकाजी गुरुङ लगायतले पुरस्कार वितरण गरेका थिए। कार्यक्रममा बोल्दै वडाध्यक्ष प्रधानले यस वडाका महिला दिदि बहिनिको व्यक्तित्व तथा नेतृत्व विकास गर्न कुनै कसर बाँकी नराख्ने बताए। समितिका अध्यक्ष आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा वडा सदस्य जुमकाजी गुरुङ, इन्द्रेणी एकिकृत विकास संस्थाका अध्यक्ष भानुभक्त अधिकारी, रेडक्रस सोसाइटी उपशाखा अध्यक्ष जिवन अधिकारी, नेपाल पत्रकार महासंघ प्रदेश परिषद सदस्य शिशिर पौडेल, निर्णायक समितिका संयोजक मान बहादुर क्षेत्रीले नेतृत्व विकासका लागि भाषण कला महत्वपूर्ण रहेको बताएका थिए।
समितिका उपाध्यक्ष निर्मला सुवेदीले स्वागत मन्तव्य राख्नु भएको कार्यक्रमको सञ्चालन सचिव लक्ष्मी पौडेलले गर्नुभएको थियो। कार्यक्रममा सहभागी ११वटा आमा समुहका प्रतिनिधिलाई समेत प्रमाण पत्र प्रदान गरिएको थियो।