२०८२ फाल्गुन २६ , मंगलबार

रेमिट्यान्स आउने क्रम बढ्दो, मंसिरमा १ खर्ब बढी रेमिट्यान्स भित्रियो

सुनाखरी न्युज/ काठमाडौं । पछिल्ला महिनाहरुमा रेमिट्यान्स आउने क्रम बढ्दै गएको छ। राष्ट्र बैंकले सार्वजनिक गरेको विवरण अनुसार मंसिरसम्ममा ४ खर्ब ८० अर्ब ५० करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ।

 

गत वर्षको तुलनामा यो रेमिट्यान्स २३ प्रतिशतले बढेको हो। अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ६.३ प्रतिशतले घटेको थियो। तथ्याँक अनुसार मंसिर महिनामा मात्रै १ खर्ब २ अर्ब ४६ अर्ब रुपैयाँ रेमिट्यान्स नेपाल भित्रिएको छ।

 

समीक्षा अवधिमा खुद ट्रान्सफर २१.६ प्रतिशतले बढेर ५ खर्ब ३० अर्ब ६ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर ५.३ प्रतिशतले घटेको थियो