२०८३ श्रावण १७ , आइतवार

नयाँ बानेश्वर क्षेत्रका अवैध संरचनामा चल्यो महानगरको डोजर

सुनाखरी न्युज/ काठमाडौं । काठमाडौं महानगरपालिकाले नयाँ बानेश्वर क्षेत्रका अवैध संरचनामा डोजर चलाएको छ । नक्साविपरीत निर्माण भएका संरचना भत्काउने अभियानअन्तर्गत प्रहरीको सुरक्षामा डोजर चलाइएको हो ।

 

काठमाडौं । काठमाडौं महानगरपालिकाले नयाँ बानेश्वर क्षेत्रका अवैध संरचनामा डोजर चलाएको छ । नक्साविपरीत निर्माण भएका संरचना भत्काउने अभियानअन्तर्गत प्रहरीको सुरक्षामा डोजर चलाइएको हो । महानगरका नगरप्रहरी प्रमुख एसपी राजुनाथ पाण्डेले मापदण्डविपरीत बनेका घरका पाली, भर्‍याङ, होर्डिङ बोर्ड भत्काइएको बताए ।

 

यसअघि, महानगरका अवैध संरचना र घर टहरा भत्काउन गृह मन्त्रालयसँग सुरक्षा माग गरेको थियो । गृहले आवश्यक सहकार्य र समन्वय भए महानगरलाई साथ दिने प्रतिक्रिया दिएको थियो ।