२०८१ बैशाख ८ , शनिवार

नासाको पुरानो उपग्रह ३८ वर्षपछि समुद्रमा खस्यो

सुनाखरी न्युज/ काठमाडौं ।१९८० को दशकमा नासाले पठाएको एक उपग्रह ३८ वर्षपछि अन्ततः आइतबार अबेर राती पृथ्वीको वायुमण्डलमा प्रेवेश गरेर बेरिङ समुद्रमा खसेको छ । यो सेटलाइट सेवानिवृत्त भएर अन्तरिक्षको फोहोर बनेको थियो ।

अर्थ रेडिएशन बजेट सेटलाइट (इआरबीएस) नामको यस विशाल अर्थ अब्जर्भेशन सेटलाइटको तौल २,४५० किलो थियो । यो उपग्रहले बेरिङ समुद्रमाथि पृथ्वीको वायुमण्डलमा प्रवेश गरेको थियो । वायुमण्डलमा प्रवेश हुने बित्तिकै यो उपग्रहका केही हिस्सा जले तर केहीले तेज तापक्रम पनि सहे । वायुमण्डलमा प्रवेश गर्ने बित्तिकै यो उपग्रहको धेरैजसो भाग जल्नेछ भन्ने नासाले आशा गरेको थियो तर त्यसो भएन ।

 

नासाले सन् १९८४ मा स्पेस शटल च्यालेन्जरमा इआरबीएस सेटलाइट लञ्च गरेको थियो । पृथ्वीले सूर्यको ऊर्जालाई कसरी अवशोषित र रेडियट गर्न सक्छ भनेर अध्ययन गर्नका लागि यो उपग्रह लञ्च गरिएको थियो । उपग्रहले पृथ्वीको स्ट्र्याटोस्फेयर र वायुमण्डलका अन्य चिज जस्तै – पानीको बाफ, एरोसोल र नाइट्रोजन अक्साइडको पनि अध्ययन गर्यो ।

इआरबीएस नासाका तीन उपग्रह भएको अर्थ रेडिएसन बजेट एक्सपेरिमेन्टको हिस्सा थियो र यसलाई दुई वर्षका लागि मात्रै डिजाइन गरिएको थियो जुन सन् १९८६ मा नष्ट भएको थियो । तर यो सेटलाइट २००५ सम्म लगातार चलिरह्यो । त्यसपछि नासाले अर्बिटमा इआरबीएसलाई रिटायर बनाइदियो । सेवानिवृत्त भएपछि यो सेटलाइट २.५ टनको एउटा अन्तरिक्ष फोहोर मात्र बनेर बसेको थियो ।

 

नासाका अनुसार इआरबीएसले आफ्नो अपेक्षित दुई वर्षको सेवाभन्दा पनि धेरै समय काम गर्यो । यसको अब्जरभेसनले अनुसन्धानकर्ताले निकै मद्दत गर्यो । उपग्रह अन्तरिक्षबाट खस्ने निश्चित भएपछि नासाले शुक्रबार अबेर राती इआरबीएस सेटलाइटलाई नष्ट भएको घोषणा गर्यो । त्यतिबेला नासाले भग्नावशेषले जमिनमा भएका मानिसलाई चोट लाग्ने खतरा ९,४०० मा लगभग एक थियो भन्ने जानकारी दियो ।

कक्षमा लगभग ४० वर्षसम्म बस्ने इआरबीएस मिसनका लागि, पुनः प्रवेशमा जल्नु नै उपयुक्त थियो, तर यसले यो पनि देखाउँछ कि कति खतरनाक फोहोर टुक्राहरू अन्तरिक्षमा तैरिरहेका छन् जुन कुनै दिन कक्ष र त्यसपछि पृथ्वीको वायुमण्डलमा प्रवेश गर्न सक्छन् ।

 

अघिल्लो वर्ष, चीनले जुलाई र नोभेम्बरमा आफ्नो तियांगोंग स्पेश स्टेशनको निर्माणमा मद्दतका लागि दुई लङ मार्च फाइभबी रकेट लञ्च गरेको थियो । यसका कारण पृथ्वीमा भारी मात्रामा भग्नावशेषको वर्षा भएको थियो । हरेक लञ्चपछि २३ टन रकेट कोर निकालिएको थियो जुन अनियन्त्रित भएर पृथ्वीमा प्रवेश गरिरहेको थियो ।एजेन्सी