२०८१ बैशाख १४ , शुक्रवार

सन्दीपका वकिल भन्छन्: नेपाली क्रिकेटको राष्ट्रिय टिममा फर्किन दिनुपर्छ

सुनाखरी न्युज/ काठमाडौं । धरौटीमा छाड्न आदेश दिएसँगै सन्दीप लामिछानेलाई पुनः नेपाली क्रिकेटको राष्ट्रिय टिममा फर्किन रोक्ने नहुने उनका वकिल सरोजकृष्ण घिमिरेले बताएका छन् ।

बलात्कारको आरोप लागेका लामिछानेलाई उच्च अदालत पाटनले २० लाख धरौटीमा छाड्न आदेश दिएको छ । शुक्रबार सञ्चारकर्मीसंग कुरा गर्दै घिमिरेले नाबालिका बलात्कार अभियोगमा थुनामा रहेका लामिछाने बाहिर निस्केसँगै पुन कप्तानी दिनुपर्ने बताएका हुन्।

उच्च अदालत पाटनले सन्दीपलाई शर्तसहित रिहा गरेको छ ।