२०८१ बैशाख १५ , शनिवार

प्रधानमन्त्रीले भने यसपटक जतिसक्दो राम्रो काम मात्र गर्छु

सुनाखरी न्युज /  काठमाडौं  – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले यो कार्यकालमा काम गरेर देखाउने प्रतिवद्धता दोहोर्याएका छन् ।गणतन्त्र घोषणा भएपनि जनताका जीवनस्तरमा कुनै परिवर्तन नआएकोमा चिन्ता व्यक्त गर्दै उनले यो कार्यकालमा भाषणभन्दा काम धेरै गरेर देखाउने बताए ।

 

शुक्रबार नेपाल हस्तकला महासंघको वार्षिक साधारण सभामा सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले भने, ‘तेस्रो कार्यकाल मेरो लागि ठूलो परीक्षाको रुपमा लिएको छु । गणतन्त्र घोषणा भयो तर जनताको जीवनस्तरमा कुनै परिवर्तन आएन । यो कार्यकालमा म भाषण कम, धेरै राम्रो काम गरेर देखाउँछु ।’

 

सरकारको कामहरु सुशासन र देशको हितका लागि केन्द्रित हुने भन्दै उनले यही कार्याकालमा नेपालको आर्थिक विकासको गति लिने, शुसानको जग बस्ने र राजनीतिक परिर्वतन अब आर्थिक विकासका परिणत हुने उनले दाबी गरे ।यस पटकको संसदमा देखिएको उपस्थितिले जनताहरुले पार्टीको बिकल्प खोजे जस्तो पनि देखिएको तर पार्टीहरुको सम्भावना अझै बाँकी नै रहेको जनमतबाट अभिव्यक्त भएको प्रधानमन्त्री प्रचण्डले बताए । १० पुसमा एमालेको सहयोगमा प्रधानमन्त्री भएका प्रचण्डले २६ पुसमा ९९ प्रतिश मतसहित प्रधानमन्त्रीमा निर्वाचित भएका छन् ।