२०८१ जेठ ५ , शनिवार

ईलेक्ट्रोनिक्सका सम्पूर्ण सामग्री उपलब्ध गराउँदै`नेप ब्रान्ड´सञ्चालनमा

सुनाखरी न्युज/ काठमाडौं । नेपालमा ईलेक्ट्रोनिक्स एवं डिजिटल प्रविधिजन्य सम्पूर्ण सामग्री एउटै ठाउँमा उपलब्ध गराउने उद्देश्यले नेपब्रान्ड डटकम -nepbrand.com ईकर्मस वेबसाइट सञ्चालनमा आएको छ।

प्रविधिसँगै हरेक क्षेत्रमा बढ्दो विद्युतीय उपकरणहरूको प्रयोगलाई लक्षित गर्दै नेपब्रान्ड डट कम ईलेक्ट्रोनिक ईकर्मसका रुपमा बजारमा आएको हो। अनलाइन किनमेलको प्रचलन बढ्दै जाँदा मानिसहरुलाई विश्वासिलो, भरपर्दो र गुणस्तरीय सामग्री छनौट एवं पहिचानका लागि कठिनाइ हुन थालेका बेला कम्पनीले केवल ईलेक्ट्रोनिक सामग्रीमा केन्द्रीत हुँदै ईलेक्ट्रोनिक हबका रुपमा विश्वसनीय र गुणस्तरीय सेवा दिने लक्ष्य राखेको छ। नेपब्रान्डले उत्पादककर्ताबाट सोझै आधिकारीकरुपमा भित्रेका हरेक ब्रान्डका सामग्रीहरु बिक्री गर्ने जनाएको छ। यसरी उपभोक्तालाई गुणस्तरीय सामग्री र भरपर्दो सेवा प्रदान गर्न सकिने विश्वास कम्पनीको छ।

 

नेपब्रान्डले प्रमुख ब्रान्डका मोबाइल, कम्प्युटर, ग्याजेट, स्मार्ट वाच, बड्स, स्पिकर, माइक्रोफोन, क्यामेरा, गेमिङ सामग्री, घरायसी उपकरणहरु लगायतका सम्पूर्ण विद्युतीय, डिजिटल एवं प्रविधि जन्य सामग्री अनलाईनबाट खरिद गर्ने सकिने गरी होम डेलिभरीमा उपलब्ध गराउने छ। नेपब्रान्ड डटकम (https://nepbrand.com/) वेबसाइटमा गएर जोसुकैले चाहेको सामान खरिद गर्न सक्नेछन्। पूर्णरुपमा ईलेक्ट्रोनिक सामग्रीहरुको मात्रै सेवा दिने उद्देश्यले आएको नेपब्रान्ड डटकमले प्रविधिजन्य ईकमर्सका रुपमा अग्रणी सेवा दिने दाबी गरेको छ।