२०८१ बैशाख १४ , शुक्रवार

विश्वकपपछि मेस्सीको पहिलो खेल फ्रान्समै, लगाए पेलेको टि–सर्ट

सुनाखरी न्युज/ काठमाडौं । अर्जेन्टिनाका फुटबल स्टार लियोनल मेस्सीले फुटबल विश्वकपपछि पहिलो पटक खेलेका छन्। फ्रेन्च लिग १ मा पेरिस सेन्ट जर्मन (पीएसजी) क्लबबाट खेल्दै उनले एन्जर्स एससीओ क्लबलाई हराउन महत्त्वपूर्ण गोल गरे।

 

पेरिस सेन्ट जर्मेन २–० ले विजयी भयो। खेल सकिन १७ मिनेटअघि मेस्सीले गोल गर्दै पीएसजीको अग्रता दोब्बर बनाए। गत डिसेम्बरमा भएको फिफा विश्वकपमा अर्जेन्टिनाले फ्रान्सलाई हराउँदै विश्वकपको उपाधि जितेको थियो। यसपछि मेस्सीले केही समय विश्राम लिँदै पीएसजीको पहिलो तीन खेल पनि खेलेका थिएनन्।

 

एक साताअघि प्रशिक्षणका लागि पेरिस फर्केका उनी बुधबारको खेलमा सहभागी भएका हुन्। यस क्रममा उनले ब्राजिलका दिवंगत महान फुटबल खेलाडी पेलेको तस्बिर भएको टी–सर्ट लगाएका थिए।एजेन्सी