२०८१ बैशाख ६ , बिहिवार

प्रभुसँग मर्जर तोड्ने वितिकै अजोड र युनाइटेड बीच मर्जर सम्झौता

सुनाखरी न्युज/ काठमाडौं। प्रभु इन्स्योरेन्स सँग मर्जर सम्झौता तोडेपछि अजोड इन्स्योरेन्स कम्पनीले युनाइटेड इन्स्योरेन्ससँग मर्जर सम्बन्धी सम्झौता गरेको छ ।

 

सम्झौता पत्रमा युनाइटेड इन्स्योरेन्सका सञ्चालक रविन्द्र राज पन्त र अजोडका सञ्चालक चिरञ्जिवी द्ववाले हस्ताक्षर गरेका हुन् । सम्झौता कार्यक्रममा युनाइटेडका अध्यक्ष रविभक्त श्रेष्ठ र अजोडका अध्यक्ष आजाद श्रेष्ठ समेत उपस्थित रहेको थियो । मर्जर पश्चात युनाइटेड र अजोड विच स्वाप रेसियो १००ः९० हुने प्रारम्भिक सहमति भएको छ । यस्तै मर्जर पछि बन्ने कम्पनीको नाम युनाइटेड अजोड इन्स्योरेन्स हुनेछ ।

 

गत असारको ३२ गते प्रभु इन्स्योरेन् र अजोड इन्स्योरेन्सका बीचमा एक आपसमा मर्जर जाने सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको थियो । प्रभु र अजोड इन्स्योरेन्स बीच स्वाप रेसियो, नाम र संचालकको बिषयमा सहमती हुन नसक्दा मर्जर तोडिएको स्रोतले जनाएको छ । प्रभु र अजोड इन्स्योरेन्सलाई मर्जर प्रक्रिया अन्त्य गर्न नियामक निकाय बीमा प्राधिकरणले सहमति दिए पश्चात अजोडले युनाइटेडसँग मर्जर सम्झौता गरेको हो ।