२०८१ जेठ ५ , शनिवार

फाप्लुबाट २५५ टन बढी कार्गो ढुवानी

सुनाखरी न्युज/ काठमाडौं । सोलुखुम्बुको फाप्लु विमानस्थलबाट चार महिनामा २५५ टनभन्दा बढी कार्गो खुम्बु ढुवानी गरिएको छ। विमानस्थलबाट गत भदौदेखि हालसम्म २५५ टन कार्गो लुक्ला ढुवानी गरिएको नेपाल नागरिक उड्ययन प्राधिकरण फाप्लुले जनाएको छ।

कार्यालयको तथ्यांकअनुसार भदौमा एक लाख ५५ हजार ९ सय ५० केजी, असोजमा १४ हजार २ सय ८४ केजी, कात्तिकमा ७ हजार ३ सय २० केजी, मंसिरमा १ हजार ८ सय ४ केजी र पुषको हालसम्म १ हजार ४ सय ५० केजी सामग्री ढुवानी गरिएको हो। जसमा निर्माण सामग्री, खाद्यान्न, काठ लगायतका सामग्री रहेको विमानस्थल प्रमुख भानुभक्त आचार्यले बताए। उक्त सामग्रीहरू विमान तथा हेलिकप्टरमार्फत ढुवानी गरिएको हो।

खुम्बुको पालिका केन्द्रसम्म सडक सञ्जाल पुग्न नसक्दा सो क्षेत्रमा हवाई सेवामार्फत निर्माण सामग्रीदेखि खाद्यान्नसमेत ढुवानी गर्ने गरिएको छ। खुम्बुमा अधिकांश समग्रीहरू काठमाण्डौ तथा मन्थलीबाट जहाजमार्फत ल्याइने गरेको छ भने कम मात्रामा सदरमुकामस्थित फाप्लु विमानस्थलबाट पनि ढुवानी गर्ने गरिएको छ।