२०८१ जेठ ५ , शनिवार

बेकोका उत्पादनहरुमा १००% पार्ट्स उपलब्धता र आफ्टर सेल्स सर्भिस ग्यारेन्टी

सुनाखरी न्युज/ काठमाडौं । चौधरी ग्रुपले गत वर्षदेखि नेपाली बजारमा बिक्रीवितरण गर्दै आइरहेको युरोपको टप होम अप्लायन्सस ब्रान्ड बेकोका उत्पादनहरुको खरिद गरी आफ्ना ग्राहकलाई ढुक्क हुन आह्वान गरेको छ।

 

चौधरी ग्रुपद्वारा वितरित बेकोका सम्पूर्ण उत्पादनहरुमा सतप्रतिशत पार्ट्स उपलब्धता र आफ्टर सेल्स सर्भिसको ग्यारेन्टी दिएको छ। कम्पनीले देशभरका आफ्ना ४० वटा बढी सर्भिस सेन्टरहरुबाट यो सेवा निरन्तर रुपमा दिइरहेको छ। बेकोका उत्पादनहरुमा १२ वर्षसम्मको पार्ट्स वारेन्टी रहेको छ। हालै कम्पनीले यो जाडो मौसमलाई लक्षित गर्दै ‘वेलकम विन्टर’ नामक योजना पनि नेपाली बजारमा सार्वजनिक गरेको छ। उक्त योजनाअन्तर्गत ग्राहकले बेको ब्रान्डका जाडो मौसममा प्रयोग हुने समानहरुको खरिदमा आकर्षक उपहारहरु प्राप्त गर्न सक्नेछन्।

 

जसअनुसार वासिङ मेसिन र वासर ड्राएरको खरिदमा ६ केजीको सर्फ एक्स्सेल म्याटिक वासिङ पाउडर उपहार पाइन्छ भने डिसवासरको खरिदमा २ प्याकेट फोर्चुन डिसवासर ट्याब्लेट उपहार पाइन्छ। यसका साथै एअर कन्डिसनरको खरिदमा रु.४ हजारबराबरको फ्री इन्स्ट्लेसन पाइन्छ। उक्त योजना मंसिर १५ गतेदेखि सीमित अवधिका लागि लागू गरिएको छ। बेको ब्रान्डको आधिकारिक बिक्रेता चौधरी ग्रुपले सिजी इलेक्ट्रोनिक्सअन्तर्गत सिजी ईओएल रहेको छ। सिजी इलेक्ट्रोनिक्सले सम्पूर्ण नेपाली ग्राहकहरुलाई सिजी डिजिटल शोरुम तथा आफ्नो फराकिलो बिक्रेता सञ्जालमार्फत उत्कृष्ट सेवा र अनुभव प्रदान गरिरहेको छ।

 

कम्पनीका सिजी डिजिटल शोरुमहरु काठमाण्डौ उपत्यकाभित्र टंगाल, कुमारीपाटी, भक्तपुरको राधेराधे, कीर्तिपुर, रविभवन, हात्तीगौँडा, त्रिपुरेश्वर, नयाँबजार, बसुन्धारा, जोरपाटी र काठमाण्डौबाहिर इटहरी, हेटौँडा र भरतपुरमा छन्।