२०८१ बैशाख ८ , शनिवार

नेपाललाइफको एम.डी.आर.टी’ अचिभर्स अवार्ड,२०२३ समारोह भव्यतापूर्वक सम्पन्न

सुनाखरी न्युज/ काठमाडौं । नेपालको सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी नेपाललाइफइन्स्योरेन्स कम्पनीले काठमाडौंको हायत प्लेसमा‘एम.डी.आर.टी’अचिभर्स अवार्ड,२०२३ समारोह भव्यतापूर्वक सम्पन्न गरेको छ ।

 

वर्ष सकिएको सातदिनभित्रै सन् २०२२ को जनवरी देखि डिसेम्बर अन्तिम सम्म रू ३७,९२,३००प्रथमबीमाशुल्क सकलन गरी ‘एम.डी.आर.टी’ कालागि योग्यभएका २४३ जना अभिकर्तालाई सम्मानित गरिएको छ। कार्यक्रमको शुभारम्भ पानसमादिपप्रज्वलनगर्दै नायब प्रमुख कार्यकारी अधिकृत अमितकयालले गर्नुभएको हो । उक्त कार्यक्रममा विशेष कारणबस देश बाहिर रहनुभएका यस कम्पनीका प्रमुखकार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले भर्चुअली उपस्थित भई सबैलाई स्वागतगर्नु भएको थियो । आफ्नो भिडियो संदेशमाप्रमुखकार्यकारी अधिकृत पराजुलीले यस कम्पनीको मेरुदण्ड भनेकै अभिकर्ता साथीहरु रहेको र उहाँहरुकै अथक मेहनत र परिश्रमकाकारण नै नेपाललाइफ सफल भएको र आगामीदिनमाझन् बलियो र सबल भएर बजारमा प्रस्तुतहुनेमाआफु विश्वस्त रहेको कुरा बताउनुभयो। अभिकर्ताहरुको चौतर्फी विकाशकानिम्तिकम्पनीनिकै नै संबेदनशील रहेको कुरा समेत प्रमुखकार्यकारी अधिकृत पराजुलीले बताउनु भयो। उपस्थित सम्पूर्णलाई स्वागतमन्तव्यव्यक्तगर्दै नायब महाप्रबन्धक उमापति पोखे्रलले कम्पनीको आगामी रणनीतिको बारेमाप्रकाशपार्नुकासाथ साथै सम्मानितहुनेलाई बधाई तथा शुभकामना प्रदान गर्नु भएको थियो।

 

नेपालका ८ हजार मिटर भन्दाअग्ला सबै शिखर आरोहण गर्ने पहिलो महिलाबनेर कीर्तिमानकायमगर्नु भएकी पुर्णिमाश्रेष्ठ कार्यक्रममा विशेष अतिथिको रूपमा उपस्थितभई आफ्नो जीवनको सफलता असफलता, चुनौती र अवसरहरुको सम्बन्धमाप्रकाश पर्नु भएको थियो। कार्यक्रममाबोल्दै श्रेष्ठले मान्छेले प्रगती गर्नका निम्तिआफु संगै प्रतिस्पर्धा गर्नु पर्ने र आफ्नो सीपविकाशमा सदैब दत्तचित्तभएर लाग्नु पर्ने कुरा बताउनुभयो । कार्यक्रमको समापनगर्दै कम्पनीका नायब प्रमुख कार्यकारी अधिकृत अमितकयाललकार्यक्रममासम्मानितहुनेअभिकर्ता महानुभावहरुलाइलाई बधाई तथाशुभकामनाप्रदानगर्नु भएको थियो। यस कम्पनीका नायब प्रमुख कार्यकारी अधिकृतकयालले आगामीदिनमा समेत कम्पनीव्यवस्थापनअभिकर्ताहरुकोसहजकर्ताको रूपमा प्रस्तुतहुने बताउदै आगामीवर्ष अझ बढी संख्यामा अभिकर्ताहरु लाई सम्मानित गर्न कम्पनीलालायित रहेको बताउनु भयो ।

 

२०७९ असोज मसान्त सम्ममा यस कम्पनीको लगानी रु. १४९.७६अर्ब रुपैयाँ रहेको छ भने जीवनबीमाकोष १४२ अर्ब ९ करोड रुपैयाँ र शेयरधनीकोष ११ अर्ब ३ करोडभन्दा बढी रहेको छ । कम्पनीमा २,१२,३६२ भन्दाबढी प्रशिक्षित अभिकर्ता रहेका छन् । कम्पनीले आफ्ना सेवाग्राहीहरु तथाग्राहकहरूकालागि देशभर फैलिएका आफ्नाहाल करिब १ सय ९७ कार्यालय सञ्जालहरू मार्फत जीवनबीमा सम्बन्धी सम्पूर्ण सेवा उपलब्ध गराइरहेको छ । यसका साथसाथै कम्पनीले हालसम्म रु १९७.१८अर्ब रुपैया बीमाशुल्कआर्जन गरेको छ। नेपालको सर्वाधिक विश्वासिलो नेपाललाइफ इन्स्योरेन्स कम्पनीले २१ वटा बीमा योजनाअन्तर्गत ३१,१५,४२० बीमालेख जारी गरिएको छ ।ग्राहकहरूको हितलाई ध्यानमा राखी यस कम्पनीले समय सापेक्ष आवश्यक थप सेवा तथा सुविधाहरु समेत उपलब्ध गराउँदै जाने प्रतिबद्धता व्यक्त गरेको छ ।