२०८१ जेठ ५ , शनिवार

फ्ल्यागशिपलेभलको कर्भ डिस्प्लेयुक्त प्रिमियम मिड रेन्जफोन रियलमी १० प्रो+ ५जि नेपालमा

सुनाखरी न्युज/ काठमाडौं । विश्वमै सबैभन्दा चाँडो वृद्धि भईरहेको स्मार्टफोन ब्रान्ड रियलमीले आफ्नो नम्बर सिरिजमानयाँँमोडल थपेको छ। रु.३०,००० भन्दा बढी मुल्यको सामानमालगाइएको आयातप्रतिबन्धफुकुवा भएपछिको पहिलो प्रिमियम मिड रेन्ज स्मार्टफोनको रुपमा रियलमी१०प्रो+ ५जि नेपालीबजारमाभित्रिएको छ ।

 

यसको फ्ल्यागशिप लेभलको कर्भड डिस्प्ले अत्यन्तै रुचाइएको छ,जसलाई रियलमीले हाइपर–स्पेस डिजाइनको नामदिएको छ। यो नयाँ डिजाइनबाट प्रष्ट हुन्छ कि रियलमीले आफ्नो युजर एक्स्पिरियन्स सुधार्न राम्रो प्रयास गरेको छ। न्युरोडको ताम्राकार कम्प्लेक्समा केक काटेर रियलमी१०प्रो+ ५जिको पहिलो बिक्रीबाट औपचारिक बिक्रीको शुरुवातभएको कम्पनीले जानकारी दिएको छ ।
उक्तकार्यक्रममाबोल्दै रियलमी नेपालका कन्ट्री हेड मुनिशगिरीले भन्नुभयो “रियलमी १० प्रो सिरिजको नयाँ सदस्यको रुपमा रियलमी १० प्रो+ फाइभजीलाई नेपालमाल्याउनपाउँदाहामीअत्यन्तै उत्साहित छौँ । रियलमी १० प्रो+ फाइभ जीयस सेग्मेन्टकै पहिलो स्मार्टफोन हो जसमा फ्ल्यागशिप लेभलको कर्भ्ड भिजन डिस्प्ले रहेको छ । एउटा ब्रान्डको रुपमाहामीजहिले पनिनयाँ–नयाँ प्रविधियुक्तउत्पादनहरु उपभोक्तामाझल्याउनप्रयासरत हुन्छौँ । र त्यसैको फलस्वरुप डिजाइन र टेक्नोलोजिको सर्वोत्कृष्ट संगमको रुपमा रियलमी १० प्रो+फाइभजीलाई बजारमाल्याउनपाउँदाहामीलाई गर्व लागेको छ । हामीलाई आशा छ रियलमी १० प्रो+ फाइभजीले पनि अगाडिको फोनहरु जस्तै माया र विश्वास पाउनेछ ।”

 

डिजाइन र डिस्प्ले
क्लिन, मिनिमलिस्टिक, हलुका र आकर्षक – झट्ट हेर्दा रियलमी १० प्रो+ ५ जि हेर्दा यस्तो देखिन्छ । यसको जेन्टल कर्भले राम्रो ग्रिप त दिन्छ नै, हेर्दा पनिहाइ एन्ड फोन जस्तो देखिन्छ । यो भन्दा अगाडि फ्ल्यागशिपलेभलमामात्रआउने यस्तो कर्भ डिजाइनले टेक्नोलोजीमा सर्वसाधारणको सहजपहुँचबनाउने रियलमीको प्रयासलाई सावित गरेको छ । १० प्रो+ ५ जि रियलमीको पहिलो फोन हो जुनमा ६१ड्ढ आइफ्रेन्ड्लीओएलइडि डिस्प्ले राखिएको छ। १२० हर्जकोअपग्रेडेड रिफ्रेश रेट भएको रियलमी १० प्रो+ ५ जिको डिस्प्ले भने ६.७इन्च वाइड रहेको छ ।

रियलमी १० प्रो+ ५ जिमा २१६० हर्जको हाइफ्रिक्वेन्सी पिडब्लुएम डिमिङ टेक्नोलोजीयुक्तओएलइडि डिस्प्ले रहेको छ जुन टियुभि रेन्ल्यान्ड फ्लिकर फ्री सर्टिफिकेट प्राप्त गर्ने विश्वकै पहिलो ओएलइडि स्क्रिन हो। यसको मतलबहो रियलमी १० प्रो+को स्क्रिनले ब्लु लाइट फिल्टर आउट गर्छ जसले गर्दा प्रयोगकर्ताहरुको आँखामा पर्ने नकरात्मक असर कम हुन्छ। यस्तो सुविधापनि यो भन्दा अगाडि फ्ल्यागशिप लेभलको फोनहरुमामात्रउपलब्धथियो ।

८०० निटको ब्राइट्नेस भएकोले गर्दा दिउँसोको उज्यालोमापनिमजाले स्क्रिन देख्न सकिन्छ । १ बिलियनभन्दा धेरै कलरहरु सपोर्ट गर्ने एचडिआर १०+ सर्टिफाईड कलर गेमुट भएकोले यसमाएचडिआर कन्टेन्टहरु पनिमजाले हेर्न सकिन्छ। त्यस्तै फोनको टिकाउपन अझै बढाउन यसमाविशेष तरिकाले डिजाइन गरिएको ०.६५ मिमीको डबल रिइन्फोसर््ड सेकेन्डरी टेम्पर्ड हाइ स्ट्रेङ्थ ग्लासको प्रयोग गरिएको छ जुन ड्रप रेसिस्टान्ट र एन्टी स्क्«याचपनि छ । यसको साइडमा भएको फिङर प्रिन्ट स्क्यानर पनि फास्ट र अक्युरेट छ ।
डिजाइनको कुरा गर्दा रियलमी १० प्रो+५ जिपहिलाको मोडल हरु भन्दा धेरै फरक छ । र त्यस्को मुख्य कारण हो यसको कर्भ्ड डिस्प्ले जुन यो भन्दा अगाडि फ्ल्यगशिप लेभलको फोनहरुमामात्रहुन्थ्यो । यसको पछाडिपट्टीको प्यानलले लाइट रिफ्र्याक्सन गरेर आकर्षक थ्री डाइमेन्सनलइफेक्ट दिन्छ । ७.७८ मिमीको स्लिमप्रोफाइलभएको रियलमी १० प्रो+ ५ जिको वजनभने १७३ ग्राम रहेको छ ।

क्यामरा
अत्यन्तै आकर्षक तरिकाले पछाडिपट्टि राखिएका तीनवटा क्यामराहरुले रियलमी १० प्रो+ ५ जिलाई शानदार लुक दिएका छन । यी तीनवटा क्यामरा मध्यमेन सेन्सरमा ५० एमपि बाट १०८ एमपिको अपग्रेड दिइएको छ भने ८ एमपिको अल्ट्रा वाइड र २ एमपिको म्याक्रो लेन्स पहिलाको जस्तै रहेका छन्। रियलमी १० प्रो+को मेन क्यामरामा ९ इन १ फ्युजनटेक्नोलोजी राखिएको छ । त्यस्तै अघिल्ला भर्सनहरुहरुको तुलनामायसको क्यामरामा रातिको समयमा १२३% बढी लाइट पेनेट्रेसन हुन सक्छ । सेल्फीको लागियसमा १६ एमपिको क्यामरा राखिएको छ।

 

त्यस्तै गरी प्रसिद्ध टेक युट्युबर मार्क्स ब्राउनलीले सञ्चालन गरेको ब्लाइन्ड स्मार्टफोन क्यामरा टेस्टमा रियलमी १० प्रो+ ५ जि तेस्रो स्थानमाआउन सफलभएको थियो जसमा फ्ल्यागशिप–लेभलफोनहरू, हेभी हिटरहरू, र मिड–रेन्जरहरू सहित२०२२मा रिलिजगरिएका१६ स्मार्टफोन ब्रान्डहरू टेस्ट गरिएकाथिए । विश्वभरका दुई करोडभन्दा बढी व्यक्तिहरूले भागलिएको उक्त टेस्टमाइएलओ(भ्ीइ) रेटिङ प्रणाली प्रयोग गरिएको थियो ।

पर्फर्मेन्स
रियलमी १० प्रो+ ५ जिमा मेडिया टेक डाइमेन्सिटी १०८० चिपसेट प्रयोग गरिएको छ । जसले मल्टी टास्किङलाई सजिलो र एप स्विचिङलाई छरितो बनाउँछ । त्यस्तै यसको क्लिन र प्रिसाइज हाप्टिक फिडब्याकले पनिप्रयोगकर्ताहरुलाई स्मुथएक्स्पिरियन्स दिन्छ ।
यसमा राखिएको४डी गेम भाईब्रेसन मोटरले गेमिङ एक्स्पिरियन्स पनिउत्तिकैराम्रो प्रदान गर्छ । सफ्ट्वेयरको कुरा गर्नुपर्दा यसमा रियलमी ४.० युआइ र एन्ड्रोइड १३ प्रीइन्स्टल गरिएको छ ।

अन्य
यसमा ५००० एमएएचको शक्तिशाली ब्याट्रि रहेको छ । जसले ६७ वाटको फास्ट सुपरभोक चार्जिङ सपोर्ट गर्छ। भन्नुको अर्थ रियलमी १० प्रो+ ५ जि ५० मिनेट भन्दाकम समयमै फुलचार्ज हुन्छ ।कनेक्टिभिटी अप्सनको रुपमायसमाटाइप सि युएसबि, डुअल ब्यान्ड वाइफाइ, फाइभजि, ब्लुटुथ ५.१ र एनएफसि दिइएको छ ।

मुल्य र उपलब्धता
आकर्षक नेबुला ब्लु रंगमाउपलब्ध रियलमी १० प्रो+ ५जिको स्टोरेज क्षमता ८ जिबिबाइ १२८ जिबि रहेको छ भने यसको मुल्यरु.४५,९९९ रहेको छ ।