२०८१ बैशाख ८ , शनिवार

अनलाइन जुवा खेलाउने वेबसाइट र एप ब्लक गर्न निर्देशन

सुनाखरी न्युज/ काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले अनलाइन प्रविधिमार्फत हुने क्रिप्टोकरेन्सी, विटक्वाइन, हाइपर नेटवर्किङ्ग, अनलाइन जुवा लगायतका वेबसाइट तथा एप ब्लक गर्न सबै इन्टरनेट सेवा प्रदायक संस्थाहरुलाई निर्देशन दिएको छ ।

 

अवैध अनलाइन सट्टेबाजी अथवा जुवा वान एक्स बेट प्रयोग गर्ने र गर्न उक्साउने एवं यसका एजेन्ट कयौंलाई प्रहरीले छ्यापछ्याप्ती पक्राउन गरिरहेको छ । यसबारे जानकारी पाएमासमेत प्रहरीले आफूलाई दिन आग्रह गर्दै आएको छ । यसबीच पछिल्लो समय नेपालमा इन्टरनेट सेवा प्रदायकको नियामक दूरसञ्चार प्राधिकरणले यस्ता कानून विपरीतका गतिविधिहरु बढ्दै गएको भन्दै क्रिप्टोकरेन्सी, विटक्वाइन, हाइपर नेटवर्किङ्ग, अनलाइन जुवा जस्ता क्रियाकलाप गराउने एप तथा वेबसाइट बन्द गर्न निर्देशन दिएको हो ।

 

प्राधिकरणले जारी गरिएको निर्देशनको पालना नगरेको पाइएमा ऐन बमोजिम कारबाही हुने चेतावनीसमेत सबै इन्टरनेट सेवा प्रदायकलाई दिएको छ ।