२०८१ बैशाख २२ , शनिवार

जुम्ल्याहा बच्चा धेरै जन्मिने शहर !

सुनाखरी न्युज/ काठमाडौं । सामान्यतया जुम्ल्याहा बच्चा जन्मिनुलाई अपवाद मानिन्छ । अधिकांश सुत्केरी महिलाका १/१ बच्चा नै जन्मिन्छन् । नाइजेरियाको इग्बो शहर संसारमै धेरै जुम्ल्याहा बच्चा जन्मिने शहर हो । विश्वका अन्य शहरको तुलनामा त्यहाँ जुम्ल्याहा धेरै जन्मिन्छन् । इग्बोमा १००० बच्चा जन्मिँदा १५८ जना जुम्ल्याहा जन्मिन्छन् । यो अन्य शहरको तुलनामा बढी हो । १००० बच्चा जन्मिँदा युरोपमा १६ र अमेरिकामा ३३ जुम्ल्याहा बच्चा जन्मिन्छन् ।

 

इग्बोलाई जुम्ल्याहाको शहरको रूपमा समेत चिनिन्छ । यो शहरमा अधिकांश किसान र साना व्यापारी बसोबास गर्छन् । यो शहरमा जुम्ल्याहा नभएको कुनै घर नभेटिने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । यहाँका सडकमा हिँड्दा उस्ताउस्तै २/२ जना व्यक्ति देखिन्छन्, जुन दृश्यले जोकोही झुक्किन्छन् । एक अध्ययनअनुसार संसारको जनसंख्याको १.९% हिस्सा जुम्ल्याहा मान्छेहरूले ओगटेका छन् । जसमध्ये इग्बो शहर जुम्ल्याहाको अनुपात बढी भएको शहर हो । लागोस विश्वविद्यालयको अध्ययनअनुसार यहाँका महिलामा पाइने एक विशेष रसायनका कारण जुम्ल्याहा बढी जन्मिने गर्छन्, जुन जहाँ पाइने फलमा हुन्छ ।

 

खानपानका कारण जुम्ल्याहा बच्चा जन्मिने रसायन यहाँका महिलामा विकास हुने गरेको बताइएको छ । स्थानीयका अनुसार यहाँ खाइने सुपका कारण पनि जुम्ल्याहा बच्चा जन्मिने विश्वास छ । तर यी विश्वासको वैज्ञानिक पुष्टि भइसकेको छैन । जुम्ल्याहा धेरै जन्मिने भएका कारण यहाँ जुम्ल्याहा महोत्सव समेत मनाउने गरिएको छ । महोत्सवमा अन्य शहर र देशका जुम्ल्याहा समेत यहाँ आउने गरेका छन् । एजेन्सी