२०७९ माघ २१ , शनिवार

पृथ्वीजयन्ती देशैभरि भव्यताका साथमा मनाउन राप्रयुसको आह्वान

सुनाखरी न्युज/ काठमाडौं । राष्ट्रिय प्रजातान्त्रिक युवा सङ्गठनका अध्यक्ष फणिराज  लोहनी (राजु)ले पृथ्वीजयन्ती देशैभरि भव्यताका साथमा मनाउन आह्वान गर्नु भएको छ ।

 

राप्रयुसले आउदै गरेको पौष २७ गते नेपालका राष्ट्रपिता श्री ५ बडामहाराधिराज पृथ्वीनारायण शाहको ३०१औ जन्म जयन्ती तथा राष्ट्रिय एकता दिवस देशैभरि भव्य उपस्थितिका साथमा मनाउने तयारी गरेको छ । यसै सन्दर्भमा काठमाण्डौ उत्यकाको तिनै वटा जिल्लाहरूको संयुक्त कार्यक्रम सिंहदरबार अगाडि रहेको शालिकमा माल्यार्पण गर्ने कार्यक्रम तय गरेको छ । राष्ट्रिय प्रजातान्त्रिक युवा संगठन आवद्द पदाधिकारी, केन्द्रीय सदस्य, सदस्य र संगठनका विभिन्न तहमा रहनु भएका साथीहरु तथा शुभेच्छुक सम्पुर्णमा पौष २७ गतेको १०:३० बजे भृकुटीमण्डपमा उपस्थित भई जन्मजयन्ति तथा एकता दिवस सफल पार्नुहुन हार्दिक अनुरोध गरेको छ ।

 

साथै प्रदेश समिती, जिल्ला समितिहरुमा आ आफनो जिल्लामा जिल्ला कार्यलयले तोकेको समय र स्थानमा उपस्थि भई जन्मजयन्ति तथा एकता दिवस सफल पार्न आह्वान गरेको छ।