२०८१ बैशाख ८ , शनिवार

आमा पछ्याउँदै गएका छोरा तुइनबाट खसेर बेपत्ता

सुनाखरी न्युज/ काठमाडौं । दार्चुलामा महाकाली नदी तर्ने क्रममा तुइनबाट खसेर १० वर्षिय बालक बेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार ती बालक बिहीबार बिहान बेपत्ता भएका हुन् ।

 

तर प्रहरीमा भने शनिबार मात्रै खबर आएको हो । बेपत्ता हुने बालक व्यास गाउँपालिका ४ डोकटको हुन् । उनकी आमा त्यसअघि नै खर काट्नका लागि भारतीय जंगलमा गएकी थिइन् । त्यसपछि उनी पनि आमालाई पछ्याउँदै त्यसतर्फ हिँडेका थिए । तर उनी तुइनबाट खसेर बेपत्ता भएका हुन् ।

 

ती बालक दार्चुलाकै बालक ब्रह्मस्थान आधारभूत विद्यालयमा कक्षा ४ मा पढ्थे । खबर प्राप्त भएपछि प्रहरीको टोली बालकको खोजीमा लगिरहेको बताइएको छ।