किरण गिरी ।
१
म नरोएको ,
तिमी संग खुसी भएर होइन ।
आँखा मा आँसु सक्किएर हो । ।
तै पनि आसा र दियोको बत्ति निभ्न दिन्न म ।
तिम्रो मुस्कान नै मलाई जिउन काफी छ ।
कहिले काहीँ भावनामा बहकिएर पो ।।
२
म हारें
तिमी संग , पराजित भएर होइन ।
केबल तिमी लाई खुसी राख्न पो ।।
म ज्यादै सरल , सहज र खुल्ला छु ।
तिमीले बुझ्न नसकेर पो ।।
३
म नरोएको ,
तिमी संग खुसी भएर होइन ।
आँखा मा आँसु सक्किएर हो । ।
तै पनि आसा र दियोको बत्ति निभ्न दिन्न म ।
तिम्रो मुस्कान नै मलाई जिउन काफी छ ।
कहिले काहीँ भावना बहकिएर पो ।।
४
म हारें
तिमी संग , पराजित भएर होइन ।
केबल तिमी लाई खुसी राख्न पो ।।
म दर्द पिएर बाच्न सक्छु ।
म आसु पिएर हास्न सक्छु ।।
५
मैले म भित्रको ” म ” लाई चिनेको छु ।
त्यही म भित्र तिमिलाइ सजाएको छु ।।
तिम्रो खुशी र हासो लाई जिन्दगी सम्झदा ।
आफू हाँस्न र रमाउन नै बिर्सेछु ।।
६
म सदा प्रसन्न र प्रफुल्ल छु किनभने ,
तिमी सदा म संग रहने छौ ।
म रुपान्तरण र परिबर्तन को लागी ,
अभियन्ता भएर अगाडि जादै छु ।
केबल तिम्रो साथ र सहयोग को अपेक्षामा छु ।
२३ पौष काठमाडौंको चिसो तुषारो बाट –
नेपाली कांग्रेसका केन्द्रीय नेता – किरण गिरी ।