२०८३ श्रावण १७ , आइतवार

पोखरा १९ मा वडा स्तरीय महिला समुह गठन

शिशिर पौडेल/ पोखरा । पोखरा महानगरपालिका वडा नं १९ ले वडा भित्र रहेका क्रियाशील आमा समुहको एक भेला बाट २९ सदस्यीय वडा स्तरिय महिला समुह गठन गरेको छ ।

 

निवर्तमान वडा सदस्य तारा परियारको अघ्यक्षतामा २९ सदस्यीय समुह गठन गरेको हो। समुहको उपाध्यक्षमा लिला श्रेष्ठ , सन्तु राम्जाली सचिवमा हेमाया तामाड्ग उपसचिवमा अप्सरा बिक कोषाध्यक्षमा गिता भन्डारी र सदस्यहरु मनमाया नेपाली , भगवती आचार्य , जमुना बास्तोला ,शान्ती बास्तोला , गोमा बास्तोला , देबका बास्तोला , शिबकुमारी पौडेल , सिता ढुड्गाना, गिता गिरी , सरस्वती भुजेल , तिल कुमारी तिवारी , शारदा पौडेल , कल्पना भन्डारी ,तिलकुमारी कार्कि , हेमा केसी , पार्वती काफ्ले , गोमा गौतम , चन्द्रकला परियार , बिना सुनार , भगवती पौडेल ,बिष्णु गुरुड्ग ,सरस्वती पौडेल ,शर्मिला नेपाली रहनु भएको छ ।

भेलामा वडाध्यक्ष पुष्पेन्द् पाण्डे, सदस्य दुर्गा देवी बस्नेत, विकास आचार्य वडा सचिव श्रीराम पौडेलले सहजीकरण गरेका थिए।