२०८१ बैशाख ८ , शनिवार

‘एनआईबिएल ग्रोथ फण्ड’ मा उत्साहपूर्ण सहभागिता

सुनाखरी न्युज/ काठमाडौं ।’एनआईबिएल म्युचुअल फण्ड’ अन्तर्गत संचालन हुने पाँचौ योजना ‘एनआईबिएल ग्रोथ फण्ड’ मा लगानीकर्ताको उत्साहपूर्ण सहभागिता देखिएको छ । फण्डले पौष ७ गतेबाट बिक्री खुल्ला गरेकोमा पौष २१ बाट बिक्रि बन्द भएको छ ।

 

नेपाल ईन्भेष्टमेन्ट बैंक लिमिटेड कोष प्रबद्र्धक तथा एनआईबिएल एस क्यापिटल लि. योजना ब्यवस्थापक तथा डिपोजिटरी रहेको ‘एनआईबिएल म्युचुअल फण्ड’ मा सार्वजनिक निष्काशन अवधिभरमा यस योजनामा ४५ हजार ८३३ जना विभिन्न संस्था तथा सर्वसाधारण लगानीकर्ताहरुबाट कुल १ अर्ब ३२ करोड भन्दा बढिको ईकाइ खरिदका लागी आवेदन परेको छ ।

 

वर्तमान तरलताको अवस्था साथै समग्र आर्थिक तथा पूँजी बजारको गतिविधिहरुमा देखिएको सुस्तताका बावजुद यस योजनामा आम लगानीकर्ताहरुको उत्साह प्रदक सहभागिता देखिएको छ । यस प्रकारको उत्साह यस अघि हालै निष्कासित केहि फण्डका योजनाहरुमा देख्न पाईएको थिएन् जसको प्रमुख कारणको रुपमा “एनआईबिएल म्युचुअल फण्ड” अन्तर्गत हाल संचालित योजनाहरुले आफ्ना इकाईधनीहरुलाई निरन्तर रुपमा प्रदान गरीरहेको प्रतिफलकाबिच लगानीकर्ताहरुमा यस फण्डका योजनाहरु प्रति स्थापित उच्च विश्वास रहेको पाइएको क्यापिटलको भनाई छ ।

 

१० बर्षे समयावधिका लागी जारी गरीएको यस “एनआईबिएल ग्रोथ फण्ड” का इकाईहरु नेपाल स्टक एक्सचेन्जमा सो समयावधि सम्म सूचिकृत भई दोश्रो बजारमा कारोबार गर्न सकिने जानकारी योजना व्यवस्थापकले गरेको छ ।