२०८२ फाल्गुन २४ , आइतवार

तोलामा ८०० सयले सस्तियो सुन

सुनाखरी न्युज/ काठमाडौं । लगातार बढिरहेको सुनको भाउ शुक्रबार भने ओरालो लागेको छ।

 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ८०० रुपैयाँले घटेको हो। यो सँगै प्रतितोला फाइन गोल्ड १ लाख २ हजार ३०० रुपैयाँ र तेजाबी गोल्ड १ लाख १ हजार ८०० रुपैयाँ कायम भएको छ। हिजो सुनको भाउ तोलामा २०० रुपैयाँले बढेको थियो।

 

यो दिन प्रतितोला फाइन गोल्ड १ लाख ३ हजार १०० रुपैयाँ र तेजाबी गोल्ड १ लाख २ हजार ६०० रुपैयाँमा किनबेच भएको थियो। आज चाँदीको भाउ तोलामा २० रुपैयाँले घटेर १ हजार ३६५ रुपैयाँ कायम भएको छ। हिजो पनि तोलामा १५ रुपैयाँले घटेर चाँदी १ हजार ३८५ रुपैयाँमा कारोबार भएको थियो।