२०८१ बैशाख १३ , बिहिवार

रिक्त सिईओ खोज्न सर्च कमिटी बनाउँदै कृषि विकास बैंक

सुनाखरी न्युज/ काठमाडौं । रिक्त प्रमुख कार्यकारी अधिकृत सिईओ छनोट गर्न कृषि विकास बैंकले सर्च कमिटी गठन गर्ने भएको छ ।

 

बैंकमा खाली रहेको सिईओ छ्नोटका लागी बैंकको संचार समितिका एक सदस्यको संयोजकत्वमा समिती गठन गर्ने तयारी भएको बैंक उच्च स्रोतले बतायो । बैंकमा विगत केहि दिन देखी सिईओ रिक्त छ ।

 

बैंकको प्रमुख कार्यकारी अधिकृत अनिल उपाध्यायको चारवर्षे कार्यकाल सकिए पछी बैंकको निमित्त प्रमुख कार्यकारी पदमा सोही बैँकमा कार्यरत वरिष्ठ उपमहाप्रबन्धक प्रताप सेवेदी ले समाल्दै आएका छन ।