२०८१ बैशाख १३ , बिहिवार

सरकारको न्यूनतम साझा कार्यक्रमको ‘ड्राफ्ट’ तयार

सुनाखरी न्युज/ काठमाडौं । सत्ता साझेदार दलहरुले सरकारको न्यूनतम साझा कार्यक्रमको ड्राफ्ट तयार गरेका छन् । गत पुस १४ गते बसेको सत्ता साझेदार दलहरूको बैठकले ५ दिनभित्र न्यूनतम साझा कार्यक्रम ल्याउने निर्णय गरेका थिए ।

 

उनीहरुले केही ढिला गरी भएपनि ड्राफ्ट भने तयार गरेका छन् । एमाले उपाध्यक्ष एवं अर्थमन्त्री विष्णु पौडेलेको संयोजकमा सरकारको न्यूनतम साझा कार्यक्रम तय गर्ने निर्णय अनुसार ड्राफ्ट तयार भएको हो । प्रधानमन्त्री निवास वालुवाटारमा बुधबार बसेको बैठकले पनि न्यूनतम साझा कार्यक्रमबारे छलफल गरेको थियो । स्रोतका अनुसार आज कार्यक्रमको मस्यौदा तयार गरिने र भोलिसम्ममा सार्वजनिक गर्ने तयरी भइरहेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले २६ गते विश्वासको मत लिँदै छन् । सो भन्दा अघि नै न्यूनतम साझा कार्यक्रम सार्वजनिक गर्ने सरकारको रणनीति छ ।

 

न्यूनतम साझा कार्यक्रममा नगरिकसँग सरोकार राख्ने, जनताको मन छुन सक्ने, भ्रष्टाचार नियन्त्रण, जनजीविकाका सवाल र अन्य नीतिगत विषयमा केन्द्रित रहेको सरकारको दाबी छ । यस कार्यक्रम लेखनमा सत्ता साझेदार सातै दलका प्रतिनिधि रहेका छन् । सबै पार्टीका विचार, धारणा र कार्यक्रमहरुलाई समेटेर सरकारप्रति एकत्रित हुने उदेश्यका साथ न्यूनतम साझा कार्यक्रमको अवधारणा ल्याइएको हो । यसको तयारी विज्ञ टोलीसँग छलफल पनि गरेर समस्याका दीर्घकालीन समाधान खोज्नेसम्मको योजनाहरु अघि बढाउन लागिएको सरकारको दाबी छ ।