२०७९ माघ १३ , शुक्रवार

नेपाल टी-२० लिगमा फिक्सिङको हल्ला झूटो : क्यान

सुनाखरी न्युज/ काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले काठमाडौंमा जारी नेपाल टि२० लिग क्रिकेट प्रतियोगितामा म्याच फिक्सिङ र स्पोट फिक्सिङ भएको भनेर झूठो हल्ला फैलाएको आरोप छ ।

 

कीर्तिपुरको क्रिकेट मैदानमामा ९ पुसदेखि चलिरहेको प्रतियोगितामा भ्रामक तथा मिथ्या सूचना फैलिएकोमा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। नेपाली क्रिकेट र राष्ट्रको नाममा ठेस पुऱ्याउने गरी फैलाइएको यस्ता गतिविधि अन्त्य गर्न संघ प्रतिबद्धता रहेको जनाएको छ ।

 

यस प्रकारका म्याच फिक्सिङका बारेमा जानकारी भएमा प्रमाणसहित संघको केन्द्रीय कार्यालय वा हाल चलिरहेको लिगको एन्टि कर्पसन युनिटमा उजुरी दिन अनुरोध पनि गरेको छ । साथै मिथ्यता तथा भ्रामक सूचना नफैलाउन संघले सबैलाई अनुरोध गरेको छ ।