२०८२ फाल्गुन २९ , शुक्रवार

कांग्रेसका नेता निधि उडे दिल्ली

सुनाखरी न्युज/ काठमाडौं । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधि भारतको राजधानी दिल्लीतर्फ उडेका छन् । उनी स्वर्गीय देवीप्रसाद (डिपी) त्रिपाठीको वार्षिकीमा सहभागी हुन दिउँसो १ बजे दिल्ली उडेका हुन् । डिपी भारतीय राजनीतिज्ञ तथा भारतीय राष्ट्रीय कांग्रेसका महासचिव थिए ।

त्रिपाठीको संयोजनमा नै भारतीय राजनीतिज्ञहरु नेता सिंहको निवासमामा भएको आन्दोलनमा सहभागी भएको थिए । त्यस्तै त्रिपाठीले २०४७ सालमा नेपालमा जनआन्दोलनका सदभाव राख्न उनी काठमाडौं आएका थिए । उक्त अर्थराज्यमन्त्री पंकज चौधरी, विशिष्ठ व्यक्तिहरु केसी त्यागी, सुप्रिया, डि राजा, भारत र नेपालका लागि भियतनाका राजदूत लगायत कार्यक्रममा सहभागी हुने जनाइएको छ ।

वार्षिकीमा चार दिने भारत भ्रमण तय गरेका उनले उनी राजनीतिक भेटघाट पनि गर्नेछन् । निधि सभापति शेरबहादुर देउवाको सल्लाह अनुसार नै भारत उडेको बताइएको छ । उनले भारत भ्रमणका क्रममा सत्तारुढ भाजपाका विदेश विभाग प्रमुख विजय चौथाइवालासँग भेट्ने कार्यक्रम रहेको छ ।