२०८१ बैशाख १४ , शुक्रवार

उडिरहेको विमानमा एक वृद्धमाथि मातेका युवकले पिसब फेरिदिएपछि…

सुनाखरी न्युज/ काठमाडौं । न्युयोर्कबाट भारतको नयाँदिल्लीतर्फ उडेको एक विमानमा एक अप्रिय घटना भएको छ । यो घटना भने गत नोभेम्बर २६ मा भएको हो ।

 

जब न्यूयोर्कको जोन एफ केनेडी अन्तर्राष्ट्रिय विमानस्थलबाट एक विमान दिल्लीका लागि उडेको थियो । सो क्रममा उक्त जहाजमा बसेका एक व्यक्तिले अर्का यात्री एक वृद्ध महिलामाथि पिसाब फेरिदिएका हुन् । यो घटना एक महिना पहिलेको भएपनि भर्खरै चर्चामा आएको हो । घटना सार्वजनिक भएपछि भारतको नागरिक उड्डयन महानिर्देशनालय (डिजिसीए) ले यो विषयको रिपोर्ट माग गरेको गरेको छ ।

 

(डिजिसीए)ले एयर इन्डियालाई यस विषयमा प्रतिवेदन बुझाउन भनेको समाचार एशियन न्यूज इन्टरनेशनलले उल्लेख गरेको छ । उसले यदी लापरवाही भएको भए सम्बन्धित व्यक्तिलाई कारवाही गर्नेउल्लेख गरेको छ । ‘एयरलाइनबाट रिपोर्ट मागिरहेका छौँ । लापरवाहीको लागि सम्बन्धित व्यक्तिलाई कारबाही गरिनेछ,’ डिजिसीएले बुधवार भनेको छ । एजेन्सी