२०८१ बैशाख ६ , बिहिवार

उप–प्रधान एवं गृहमन्त्री रवि लामिछानेको निजी सचिवमा गोकर्ण उपाध्याय नियुक्त

सुनाखरी न्युज/ काठमाडौं । उप–प्रधान एवं गृहमन्त्री रवि लामिछानेको निजी सचिवमा गोकर्ण उपाध्याय नियुक्त भएका छन् ।

गृहमन्त्री लामिछानेले उपाध्यायलाई आफ्नो निजी सचिव नियुक्त गरेका हुन् । उप–सचिव उपाध्याय गृह मन्त्रालय अन्तर्गत कर्मचारी प्रशासन शाखामा कार्यरत छन् ।

 

निजामति तर्फको कर्मचारी प्रशासनको जिम्मेवारी समेत पूरा गर्नेगरी उनलाई निजी सचिवमा नियुक्त गरिएको गृहमन्त्रीको सचिवालयले जनाएको छ ।