२०८१ बैशाख ८ , शनिवार

सशक्त प्रतिपक्ष,आत्मासमिक्षा नयाँ कार्यक्रम सहित अबको सबल र सुदृढ नेपाली कांग्रेस

Kiran Giri 450300
  किरण गिरी । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आगामी -२२ गते बस्दै छ । सबैले आ- आफ्नो भुमिका र जिम्मेवारीको निर्मम  आत्मासमिक्षा र त्रुटि कमिकमजोरीको  विश्लेषण गर्दै त्यसलाई सच्याएर अगाडि बड्नु जरुरी छ ।
 स्पष्ट दृष्टिकोण सहित भाबी नीति र कार्यक्रम ल्याउनु आबश्यक देखिन्छ । अब नेपाली कांग्रेसको संसदमा सशक्त र प्रभावकारी  प्रतिपक्षको भुमिका हुनु जरुरी छ । बर्तमान परिस्थिति शृजना हुनुमा कुन तहाका नेताहरू को के कस्तो भुमिका र जिम्मेवारी रह्यो त्यसको निर्मम ढंगले  आत्मासमिक्षा र स्वमुल्यांकन हुनु जरुरी छ । अब नयाँ शिराबाट नेपाली कांग्रेसको  पार्टी संगठन लाई  सुदृढीकरण र बिस्तार अभियान देशभर संञ्चालन गर्नु अत्यावश्यक छ । निरन्तर यात्रा , अबिचलित प्रतिबद्धता । यथार्थ चित्रण , सटिक विश्लेषणका साथ अगाडि बढ्नु अब नेपाली कांग्रेसका सबै तह र तप्काका हामी सबै नेता कार्यकर्ता प्रमुख दाइत्व र जिम्मेवारी हो ।
संबिधान र गणतन्त्रको पक्षमा – ९४.५३ % जनमत , नेपालको स्थाइ र भरपर्दो राजनीतिक शक्ति – नेपाली कांग्रेस र एमाले ।
 आम निर्वाचनको जनादेश केलाउदा ९४.५३ % नेपाली जनता ले नेपालको संबिधान र संघीय लोकतान्त्रिक गणतन्त्र को पक्षमा मतदान गरेका छन । संबिधान र गणतन्त्र थप सुदृढ र सबल भएको तथ्य जनादेश ले पुनः प्रमाणित गरेको छ ।समानुपातिकको अन्तिम मत गणना अनुसार रास्ट्रीय मान्यता प्राप्त -७ राजनीतिक  दलहरुले पाएको गरेको मत अनुसार
यस्तो छ मुलुकको राजनीतिक अंक गणितको जनमत :-
१. नेकपा एमाले: २८,४५,६४१  (२६.९४%)
२.नेपाली कांग्रेस: २७,१५,२२५   (२५.७१%)
३.एमाओवादी:- ११,७५,६८४      (११.१%)
४.रास्वपा:११,३०,३४४       (१०.७%)
५.राप्रपा: ५,८८,८४९         (५.५७%)
६.जसपा:४,२१,३१३          (३.९८%)
७.जनमत: ३,९४,६५५         (३.७३%)
२०७४ सालको निर्वाचनमा काङ्रेस भन्दा
 एमालेको मत ४५,१०५ वढी रहेकोमा अहिले
२०७९ आम निर्वाचनमा १,३०,४१६ म बढी देखिन्छ ।
मात्रै  १८४११ मतकाे कमिले  नेकपा एस राष्ट्रिय पार्टी बन्न सकेन
प्रतिनिधि सभा को गणितीय तस्वीर यस्तो छ :-
प्रतिनिधिसभामा दलीय प्रतिनिधित्व (प्रत्यक्ष र समानुपातिक सिटसहित) यस्तो रहेको छ :-
नेपाली कांग्रेस–५७+३२=८९
नेकपा एमाले–४४+३४=७८
नेकपा माओवादी केन्द्र–१८+१४=३२
राष्ट्रिय स्वतन्त्र पार्टी–७+१३=२०
राष्ट्रिय प्रजातन्त्र पार्टी–७+७=१४
जनता समाजवादी पार्टी, नेपाल–७+५=१२
जनमत पार्टी–१+५=६
राष्ट्रिय पार्टी हुन नसकेकाहरु
नेकपा एकीकृत समाजवादी =१०
लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल =४
नागरिक उन्मुक्ति पार्टी= ३
राष्ट्रिय जनमोर्चा=१
नेपाल मजदुर किसान पार्टी =१
स्वतन्त्र=५
जम्मा–२७५
नेपाली कांग्रेस संसदमा  ठुलो दल :-
नेपाली जनताको अनुमोदन प्राप्त बिश्वास र भरोसा योग्य पार्टी नेपाली कांग्रेस संसदको सबभन्दा ठुलो दल बनेकोमा  पार्टी नेतृत्व , नेतृत्व तह , नेपाली कांग्रेस केन्द्रीय निर्वाचन परिचालन समिति  र आम मतदाता लाई हार्दिक बधाई । जय नेपाल ।
स्थानीय चुनावको मत विश्लेषण :-
निर्वाचन आयोगले भन्यो : स्थानीय चुनावमा लोकप्रिय मतमा नेपाली  कांग्रेस पहिलो पार्टी :-
 निर्वाचन आयोगले ३० वैशाखमा भएको स्थानीय तह निर्वाचनमा लोकप्रिय मतमा नेपाली कांग्रेस पहिलो दल भएको बताएको छ ।
 नेपाली कांग्रेसले दोस्रो स्थानमा रहेको नेकपा एमालेले भन्दा करिब एक लाख ४४ हजार ५९१ मत बढी ल्याएको  छ ।
आयोगले वडाध्यक्षले प्राप्त गरेको मतको आधारमा दलहरुको लोकप्रिय मतको गणना गरेको छ । आयोगको विवरण अनुसार नेपाली कांग्रेसले ३९ लाख ५६ हजार १९३ मत पाएको छ । त्यस्तै नेकपा एमालेले ३८ लाख ११ हजार ६०२ मत पाएको छ । नेकपा माओवादी केन्द्रले १५ लाख तीन हजार २४७ मत पाएको छ ।
स्थानीय निर्वाचनमा राजनीतिक दलहरुले प्राप्त गरिएको मत परिणामका तथ्यांक :-
नेपाली कांग्रेस ३९ लाख ५६ हजार १९३(३४.२८%)
एमाले ३८ लाख ११ हजार ६०२(३३.०३%)
माओवादी १५ लाख ०३ हजार २४७
जसपा ५ लाख ७७ हजार ३८०
एस ४ लाख २२ हजार ७३७
राप्रपा ३ लाख ६४ हजार १६०
२०४८ साल देखी २०७९ साल सम्म आइपुग्दा नेपाली जनता को भरपर्दो र बिश्वासिलो पार्टीका नेपाली कांग्रेस र एमाले जनमत द्वारा निरन्तर स्थापित भैरहेका छ्न । भर्खरै सम्पन्न तिनै तहका निर्वाचनमा झण्डै – ३० /३० लाख जनमत प्राप्त गरिरहेका नेपाली कांग्रेस र नेकपा एमाले नै संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल को दिगो ,स्थाइ र भरपर्दो राजनीतिक दल हुन भन्ने तथ्य बारम्बार प्राप्त जनमत हरु ले पुष्टि गरिरहे को छ । नेपाली कांग्रेस लाई आजको यो अबस्थाको उपलब्धि हासिल गर्न र गराउन बर्तमान नेतृत्व र नेतृत्व तहको धेरै ठुलो भुमिका र जिम्मेवारी छ ।
आफ्नै बारेमा दुई शव्द :- 
किरण गिरी , काठमाडौं नेपाल ।
रेडियो नेपालको लोकप्रिय कार्यक्रम ” घटना र बिचार ” सञ्चालक , प्रधानमन्त्रीको प्रेस सल्लाहकार , पार्टीको केन्द्रीय प्रबक्ता हुदै हाल  नेपाली कांग्रेस को केन्द्रीय सदस्य समेत भएर विभिन्न केन्द्रीय भुमिका र जिम्मेवारीमा निरन्तर राजनीतिमा  सक्रिय एउटा  ब्याक्तित्व :-
बर्तमानमा नेपाली कांग्रेसको केन्द्रीय तहमा सक्रिय :-
१. संयोजक – अनलाइन मिडिया समन्वय तथा प्रचार प्रसार उपसमिति नेपाली कांग्रेस ।
२. केन्द्रीय सदस्य – प्रतिनिधि सभा र प्रदेश सभा निर्बाचन – २०७९ , केन्द्रीय प्रचारप्रसार समिति नेपाली कांग्रेस ।
३. सदस्य – प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य निर्बाचन – २०७९ घोषणा – पत्र तयारी समिति ,नेपाली कांग्रेस
४. समानुपातिक  उम्मेदवार – संघीय संसद प्रतिनिधि सभा – २०७९ ।
५. महासमिति सदस्य एबं निबर्तमा केन्द्रीय सदस्य नेपाली कांग्रेस ।
६ . सदस्य – सचिब – नेपाली कांग्रेस बाढी पहिरो बिपद ब्यबस्थापन केन्द्रीय समन्वय समिति नेपाली कांग्रेस ।
७. केन्द्रीय प्रतिनिधि – ” घर घर जाऔं , कांग्रेस जिताऔं ” अभियान नेपाली कांग्रेस ।
८ . सदस्य – केन्द्रीय निर्बाचन परिचालन आचारसंहिता अनुगमन तथा निर्बाचन आयोग समन्वय उप समिति ।
९ . सदस्य – स्थानीय तह निर्बाचन -२०७९ , घोषणा पत्र तयारी समिति नेपाली कांग्रेस ।
१०. सदस्य सचिब – आचारसंहिता अनुगमन तथा निर्बाचन आयोग समन्वय उपसमिति नेपाली कांग्रेस ।
११. सह संयोजक – निर्बाचन आयोग समन्वय उपसमिति ,
प्रतिनिधि सभा तथा प्रदेश सभा निर्बाचन -२०७९ केन्द्रीय निर्बाचन परिचालन समिति  नेपाली कांग्रेस ।
केन्द्रीय नेता एबं प्रखर बक्ता – नेपाली कांग्रेस काठमाडौं नेपाल।
पत्रकार -समसामयिक राजनीति र संसदीय राजनीतिका सबालमा लेखन र अबधारणा सम्प्रेषण गर्दै  बिगत तीन दशक देखी पत्रकारीतामा आज सम्म निरन्तर सक्रिय ।
mobile – 9851060555 wath App र viber समेत ।
सामाजिक सञ्जाल – फेसबुक , फेसबुक पेज , टुइटर लगायत क्षेत्रमा  नेपाली कांग्रेस पार्टी गतिविधि र समसामयिक बिषय मा व्यापक प्रसार प्रचार मा अहोरात्र  सक्रिय ।
मेरो दृढता र प्रतिबद्धता :-
परमात्माको अनुकम्पा ,  समय र भाग्यले साथ दिए अबको १५ बर्ष नेपाली कांग्रेसको पार्टी संगठनमा सशक्त र प्रभावकारी ढंगले  ” देखिने कांग्रेस र सुनिने कांग्रेस ” को अभियन्ताका रूपमा अबिरल रुपमा सक्रिय रहने प्रतिबद्धता व्यक्त गर्दछु ।
गणतन्त्र को जग बलियो :- 
नेपाली कांग्रेस नेतृत्वमा भएको आन्दोलन र उपलब्धि नेपालको संबिधान र संघीय लोकतान्त्रिक गणतन्त्र  को पक्षमा ९४.५७ % प्रतिशत जनता दृढताका साथ उभिएका छ्न । संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल को राजनीतिक भबिश्य यो जनमत ले सबल र सक्षम बनाएको छ ।
लेखक – किरण गिरी नेपाली कांग्रेसका निबर्तमा केन्द्रीय सदस्य एबं महासमिति सदस्य हुन ।