२०८१ बैशाख १३ , बिहिवार

प्रधानमन्त्री प्रचण्डले बोलाए विभिन्न मन्त्रालयका सचिवहरुको बैठक

सुनाखरी न्युज/ काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विभिन्न मन्त्रालयका सचिवहरुको बैठक बोलाएका छन् । उनले बिहान ११ बजे सिंहदरबारमा मन्त्रालयका सचिवहरुको बैठक बोलाएका हुन् ।

 

सो बैठकमा मन्त्रालयहरुको अवस्थाबारे जानकारी लिने र प्रभावकारी ढंगले काम गर्न निर्देशन दिने गरी छलफल गर्न लागिएको प्रधानमन्त्री प्रचण्डको सचिवालयले जनाएको छ । पुस १० गते प्रधानमन्त्री पदको शपथ ग्रहण गरेका प्रचण्डले सचिवहरुसँग छलफल गर्न लागेको यो पहिलो पटक हो । शपथ ग्रहण लगत्तै उनले आफ्नो कार्यकाल देश निर्माणमा खर्चिने बताएका थिए ।

 

उनले बधाई तथा शुभकामनाका लागि समय माग नगर्न बरु सरकारको कामलाई प्रभावकारी कसरी बनाउने भनेर सचिवालय मार्फत सुझाव दिन आग्रहसमेत गरेका छन् ।