२०८१ बैशाख १४ , शुक्रवार

सेयर कारोबारमा शुधार, रकम ४ अर्ब नाघ्यो, नेप्से २०४६ अंकमा

सुनाखरी न्युज/ काठमाडौं ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको कारोबारको पहिलो दिन आज आइतबार दोहोरो अंकले बढेको छ । आज नेप्से १७.२६ अंकले बढेर दुई हजार ४६ दशमलब २९ विन्दुमा बन्द भएको हो ।

 

बिहिबार नेप्से ५६.८८ अंकले बढेर दुई हजार २९ दशमलब ३ विन्दुमा बन्द भएको थियो । त्यस्तै, आज कारोबार रकम पनि बढेको छ । आज चार अर्ब ४ करोड ८८ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । बिहिबार नेप्सेमा दुई अर्ब ८६ करोड ३ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो । आज कारोबार भएका कम्पनीमध्ये १२१ वटा कम्पनीको शेयरमूल्य बढेको छ भने ८७ वटा कम्पनीको शेयरमूल्य घटेको छ । चार कम्पनीको शेयरमूल्य स्थिर रहेको छ । नेप्सेका अनुसार आज एक कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेको छ । श्रृजनशिल लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य १० प्रतिशतले बढेर १ हजार ९४१.६० रुपैयाँ पुगेको छ । साथै चार वटा कम्पनीको शेयरमूल्य ९ प्रतिशत भन्दा बढीले बढेको छ ।

 

आज सिद्धार्थ इक्विटी फण्डकोे शेयरमूल्यमा सबैभन्दा बढी गिरावट भएको छ । यसको शेयरमूल्य ५ प्रतिशत भन्दा बढीले घटेको छ । त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी नबिल बैंक लिमिटेडको भएको छ । यसको आज २२ करोड ५७ लाखभन्दा बढीको कारोबार भएको छ ।