२०८० चैत्र १५ , बिहिवार

‘छड्के २’को नयाँ पोस्टर सार्वजनिक

सुनाखरी न्युज/ काठमाडौं । अनमोल केसी अभिनित चलचित्र ‘छड्के २’ को नयाँ पोस्टर सार्वजनिक भएको छ । फागुन १९ गते प्रदर्शन हुने चलचित्रको अंग्रेजी नयाँ वर्षको पूर्वसन्ध्यामा नयाँ पोस्टर सार्वजनिक गरिएको हो ।

ग्याङस्टर जनरामा निर्माण भएको चलचित्रकोे पोस्टरमा अनमोलको भिन्न लूक्स देख्न सकिन्छ । नयाँ पोस्टरमा चलचित्रका अन्य कलाकारहरु पनि फिचर्ड छन् । अनमोललाई आफ्नो समुहको नाइकेको रुपमा प्रस्तुत गरिएको छ । निगम श्रेष्ठको लेखन तथा निर्देशनमा निर्माण भएको चलचित्रमा रोविन तामाङ, कमलमणि नेपाल, सिर्जना सुब्बा, रेशा आले मगरको अभिनय रहेको छ ।

 

चलचित्रको चितवन र मुस्ताङमा छायांकन गरिएको छ । ‘छड्के २’ रिभेन्ज ग्याङस्टर चलचित्र हो । काभ्रे फिल्म्सको व्यानरमा निर्माण भएको चलचित्रसँग मेधा प्रोडक्सन र निर्भाना फिल्म स्कुलले सहकार्य गरेका छन् । निर्मातामा प्रशान्त गिरी र देवकुमार श्रेष्ठ रहेका चलचित्रको कार्यकारी निर्मातामा निर्भाना फिल्म स्कुल र लक्ष्मण काफ्ले छन् ।