२०७९ माघ १३ , शुक्रवार

काठमाडौंबाट आपराधिक क्रियाकलापमा संलग्न एक सय ५५ पक्राउ

Arrest

सुनाखरी न्युज/ काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौँले छ महिनाको अवधिमा आपराधिक क्रियाकलापमा संलग्न एक सय ५५ जनालाई पक्राउ गरेको छ ।

 

काठमाडौँ प्रहरीले चालू आव २०७९/८० को साउनदेखि पुससम्मको अवधिमा आपराधिक क्रियाकलापमा संलग्न एक सय ५५ जनालाई पक्राउ गरेको हो । जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक दिनेशराज मैनालीले विभिन्न मितिमा अदालतले कैद र जरिवनाको फैसला सुनाएकामा फरार रहेका एक सय ५५ जनालाई पक्राउ गरी फैसला कार्यान्वयनका लागि अदालत पेस गरिएको जानकारी दिनुभयो ।

 

पक्राउ परेकालाई अदालतले २९ वर्ष पाँच महिना छ दिन कैद र दुई करोड ९४ लाख ४९ हजार सात सय ५६ रुपैयाँ जरिवाना असुल गरेको प्रवक्ता मैनालीले बताउनुभयो ।