२०८१ बैशाख ७ , शुक्रवार

तोलामा ५०० सयले बढ्यो सुन

सुनाखरी न्युज/ काठमाडौं । साताको अन्तिम कारोबार दिन शुक्रबार सुनको भाउ उकालो लागेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको तोलामा ५०० रुपैयाँले उकालो लागेको हो।

 

यो सँगै प्रतितोला फाइन गोल्ड १ लाख १ हजार ४०० रुपैयाँ र तेजाबी गोल्ड १ लाख ९०० रुपैयाँ कायम भएको छ। हिजो सुनको भाउ तोलामा २०० रुपैयाँले ओरालो लागेको हो। यो दिन प्रतितोला फाइन गोल्ड १ लाख ९०० रुपैयाँ र तेजाबी गोल्ड १ लाख ४०० रुपैयाँमा कारोबार भएको थियो।

 

आज चाँदीको भाउ पनि तोलामा १५ रुपैयाँले बढेर १ हजार ३९० रुपैयाँ कायम भएको छ। हिजो तोलामा २० रुपैयाँले घटेर चाँदी १ हजार ३८० रुपैयाँमा कारोबार भएको थियो।