२०८१ बैशाख १३ , बिहिवार

सेञ्चुरी कमर्सियल बैंकको बाह्रौ वार्षिक साधारण सभा सम्पन्न

सुनाखरी न्युज/ काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडको बाह्रौ वार्षिक साधारण सभा सम्पन्न भएको छ । यो सभा बैंकको अध्यक्ष राजेश कुमार श्रेष्ठको अध्यक्षतामाआर्मी अफिसर्स क्लब, भद«काली काठमाण्डौंमा सम्पन्न भएको हो ।

 

साधारण सभाले शेयरधनीहरु लाई आ.व. २०७८÷७९ को मुनाफा बाट चुक्तापुँजी रकम रु. ८,४१,५४,७१,५७६.३०मा ४.७५ प्रतिशत बोनश शेयरर ०.२५ प्रतिशत नगद लाभांश (कर सहित)वितरण गर्ने प्रस्ताव पारित गरेको छ । साथै साधारण सभाले लेखापरीक्षकको प्रतिवेदन सहितआर्थिक वर्ष २०७८÷७९को आर्थिक विवरण, वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरण बाँडफाट लगायतका प्रतिवेदन पारित गरेको छ ।

 

यससाधारण सभाले सेञ्चुरी कमर्सियल बैंक लिमिटेडलाई प्रभु बैंक लिमिटेडले प्राप्तिगर्ने सम्झौंता समेत पारित गरेको छ ।चालु आवको असोज मसान्तसम्म यस बैंकले कुलनिक्षेप रु.८२.४२ अर्व र कर्जा रकमरु.६६.९३ अर्व परिचालन गरी रु.२२.०२ करोड मुनाफा आर्जन गर्न सफल भएको छ ।