सुनाखरी न्युज / काठमाडौं -नाबालिका बलात्कार आरोपमा पक्राउ परेका क्रिकेटर सन्दीप लामिछानेको पुनरावेदन रिटमाथि आज सुनुवाइ हुँदैछ । न्यायाधीशद्वय सुभाष पौडेल र किरणकुमार पोखरेलको इजलासमा रिटको सुनुवाइ तोकिएको छ ।
लामिछानेको तर्फबाट उनलाई थुनामा राख्न जिल्ला अदालतबाट भएको आदेश बेरीतको आदेश भएको भन्दै सोविरुद्ध पुनरावेदन दायर गरिएको हो । पेसीमा आजै बहस भई आदेश हुने सम्भावना रहेको लामिछानेका कानुन व्यवसायी सरोज घिमिरेको भनाइ छ ।
त्यसपछि सन्दीपलाई पुर्पक्षका लागि थुनामै राख्ने वा पुर्पक्षका लागि धरौटीमा रिहा गर्ने भन्ने आदेश हुनेछ ।